Homeमनोरञ्जनभानुको पहिचान नै रामायण

भानुको पहिचान नै रामायण

वि.सं. १८७१ असार २९ मा तनहुँ जिल्लाको रम्घामा विद्वान आचार्य परिवारमा जन्मिएका भानुभक्त आचार्यले शिक्षा दीक्षा हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए । भानुभक्तका त्यसबेलाका रचना निकै लोकप्रिय रहेको मानिन्छ । राणा प्रधानमन्त्री जुद्धशमसेरले आदिकविका रुपमा सम्मान गरेका भानुभक्तका रामायण (१९१०), प्रश्नोत्तरमाला (१९१०), भक्तमाला (१९२१), बधुशिक्षा (१९१९), रामगीता (१०२५) आदि पुस्तकहरु चर्चित छन् ।
तिनै भानुभक्त आचार्यको रामायण सबैभन्दा बढी चर्चा हुने पुस्तक हो । मौलिक लोकलय समेटिएको कारणले सर्वसाधारणमा पनि यसको प्रभाव परेको पाइन्छ । लय र भाषाको प्रयोगको संयोजन मिलेकाले पनि कृतिको बढी नै चर्चा भएको हुनुपर्छ । बुढापाकादेखि, बालबालिका र गाउँले सर्वसाधारणले समेत बुझ्ने सरल भाषाकै कारणले पनि यस ग्रन्थ चर्चाको व्यापकता बढेको हुनुपर्छ । रामायणमार्फत् नै भानुभक्तको राष्ट्रिय पहिचान बनेकोमा दुईमत छैन । भानुभक्त मेधावी बालकका रूपमा त्यसताका उनका गाउँमा चिनिन्थे । तर पनि उनी २२ वर्षका हुँदा मात्र ‘घाँसी’ सँग सम्वाद भएपछि मात्र ज्ञान खुलेको जस्तो देखाइएको छ । घाँस काटेर बचाइएको पैसाबाट कुवा खन्ने इच्छा घाँसीले बताएपछि भानुभक्त आफू धनी भएर पनि केही सामाजिक कार्यहरू गर्न नपाउँदाका हैरानीहरू कवितामा व्यक्त गरेर मार्मिकता पोखेर आफ्नो संवेदनशीलता देखाएका छन् । त्यतिबेला भानुका रम्घामा घाँस विक्री होला जस्तो भौगोलिक परिवेश हेर्दा अहिले पनि देखिन्न, उनको घाँसी कविताले सामाजिक कामतर्फ चेत राम्रैसंग खुलाएको पाइन्छ ।
भानुका कृतिहरूमध्ये सामाजिकता, बौद्धिकता र चिन्तनशीलताका हिसावले उत्कृष्ट लागेर यही ‘प्रश्नोत्तरमाला’ कविताबारे चर्चा गर्न खोजिएको छ । भानुभक्तका रचनाहरू पढेर भन्न सकिन्छ उनी उच्च विचारका भावनाशील कवि हुन् । उनी समाज सुधारमा विश्वास गर्ने कवि हुन् । तत्कालीन समाजका अगुवाहरूले सोच्ने दृष्टि र चिन्तनलाई आधार मानेर यिनले कविता लेखे । नेपालीको जातीय विकासको निम्ति, नेपालको भाषालाई सम्वद्र्धन र संरक्षित गर्नका लागि भानुभक्तले आफ्नो काव्य–कृतिबाट अथक प्रयत्न गरेको देखिन्छ ।
भानुभक्तले सोचेका र कवितामा लेखेका कुुराहरूले पनि जीवन र जगतका कुराहरू कसरी तरङ्गित हुन्छन् सो को प्रमाण बोल्छन् । लोककै हित गर्ने भावनासहित साहित्यमा प्रवेश गरेका भानुभक्त, लोक कल्याणकारी कार्य नै साहित्य हो सम्झेर कविता लेख्दै आएका भानुभक्तका सबै कवितामा लोकहितका भावना मुखरित छन् । भानुभक्त समग्रमा अध्यात्म चेत बोकेका कवि हुनाका साथै सामाजिक व्यङ्ग्यकार कवि पनि हुन् । उनका रचनामा बेथितिका विरोधी हुन भन्ने आभास प्रष्टै देखिन्छ । प्रशासनका कर्मचारीहरूले व्यवहारमा देखाउने भोलिवादका यिनी कट्टर विरोधी छन् । आफूले भोगेको, देखेको र नराम्रो सम्झेको यथार्थलाई उनी नलुकाइकन व्यङ्ग्य कविता भाकामा सरल ढङ्गले आफ्नो विचार पोख्थे । उनले प्रयोग गर्ने भाषिक सरलताको त कुरै नगरौं ।
ठूलो नरक कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
नरक त आफ्नै गतिविधिले पु¥याउँछ स्वर्ग पुग्नु भनेको आफ्नो तृष्णा छोड्न सक्नु हो । यसको अर्थ ‘स्वर्ग’ र ‘नरक’ आफूभित्र नै हुन्छन् भन्ने ठम्याई र दृष्टि छ । ज्ञान नै सबैथोक हो । मान्छेको मोक्ष हुनु र नहुनुमा यही ज्ञानले नै भूमिका खेल्छन्, उनको निष्कर्ष छस त्यसैले उनी लेख्छन् ः
कुन हो सहज मोक्ष गरायिदिन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ।।५।।
आदर्श मात्र छैनन् भानुभक्तका प्रश्नोत्तरमालामा व्यावहारिक दृष्टि र विचार पनि संप्रेषित छन् ।
कस्लाई खूब मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
चारलाइन तल उच्चारण भएका कविता अंशले व्यवहारिक दृष्टि र विचारहरू कविको कस्तो छ स्पष्ट बुुझ्न सकिन्छ । मान्छे कस्तो रहनुपर्छ, कस्तो रहँदा मान्छेको मुहारमा सुन्दरता खुल्छ ? उनी कवितामा मान्छेको सुन्दरताबारे यसरी लेख्छन् ः

दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्या को ?
सन्तोषले जो छ खुसी रह्या को ?
सन्तोषम् परम सुखम्का हिमायती देखिन्छन् उनी । तृष्णा हुनेहरू नै दरिद्र हुन्छन् । जो सन्तोषले बाँच्न जान्छन् उनीहरू त हुने हुन् धनी भन्छन् उनी । विचारमा विशालता रहनुले नै भानुभक्तको गहनता आँकलन गर्न सकिन्छ । मलाई लाग्छस भानुभक्त समाजमा चेतना संप्रेषित गर्न रूचाउने व्यावहारिक कवि हुन् ।
प्रत्येक कविता अंशमा व्यवहारिकता झल्किन्छन् । त्यसैले उनी लेख्छन्, कवितात्मक भावनामा यसरी कविताका हरफहरू ‘जिउँदै म¥याको भनि नाउँ छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को ।’ कवितामा आफैले प्रश्न गर्छन् र कवितामा आफै जवाफ लेख्छन् अनि यस्तै कवितालाई उनी ‘प्रश्नोत्तरमाला’ को नाम दिन्छन् । उनी ‘प्रश्नोत्तरमाला’ कवितामा लेख्छन्—कामदेवको वशमा रहनेहरू सबैको दृष्टिमा तुच्छ रहन्छन् । हितको उपदेश दिनेहरू त गुरूहरू हुन्स उनको दृष्टिमा अपयश भनेको मृत्युतुल्य हुन्छ । सेवा गर्नेहरू नै शिष्य कहलिन्छन्स जन्मनु भनेको नै मर्नु पनि हो त्यसैले उनी कवितामा लेख्छन् —
‘संसार हो जन्मनु मर्नु पन्र्या ।’ शीलस्वभाव नै मान्छेको आभूषण हो । तीर्थ भनेको शुद्ध मन हो । मानवीय स्वभावलाई उत्कण्ठा दिन र मान्छेमा सत्य–निष्ठाका विउ–विजन हुर्काउन प्रश्नोत्तरमालामा भानुभक्त कविले निकै उच्च कोटीका ज्ञान–संज्ञान संप्रेषित गरेका छन् ।
सबैजसो कविता–अंशहरूमा व्यावहारिक ज्ञानका चेतना बाँड्न अथक प्रयत्न गरेको देखिन्छ । ‘विद्या नभएका मूर्खहरू उनका दृष्टिमा पशुतूल्य हुन्छन् । खत–पापि–निच्का नगिचै नपर्नू सज्जनहरूको कर्तव्य हो उनी कवितामा औंल्याउँछन् । सत्य–धर्म नै मानवीय कर्म हो ।
कतिपय नेपाली साहित्यकारले भानुले बधुशिक्षामा लेखेको रचनाको विषय लिएर उनलाई नारी विरोधी कविका रुपमा पनि चित्रण गर्ने गरेका छन् ।
हाँस्नु हुन्न कदापि नारीहरुले बेश्या हुन्या हाँस्तछन् ।
बेश्या हौ नहुन्या तथापि घरको काम ती सबै नास्तछन् ।
सामाजिक विकृति विरुद्ध उनले गरेको व्यङ्ग्यलाई बुझ्न जरुरी छ। भानुले त्यतिबेला महिलालाई समाजमा कसरी हेरिन्थ्यो भन्ने कुरा कविताको माध्यमबाट पुस्ट्याँई गरिदिएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनभानुको पहिचान नै रामायण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img