Homeसमाचारविदेशीलाई नागरिकता वितरण काण्डका आरोपी अधिकृत आचार्य जेल चलान

विदेशीलाई नागरिकता वितरण काण्डका आरोपी अधिकृत आचार्य जेल चलान

भद्रपुर २३ असार । ‘आर्थिक प्रलोभनमा परेर’ विदेशीलाई नागरिकता दिलाएको आरोप लागेका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार भएको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि जेलमा राख्ने निर्णय सुनाएको थियो ।
आचार्यले झापामा प्रशासकीय अधिकृत छँदा २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुठा विवरणको आधारमा नेपाली नागरिकता दिलाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । मुस्तफालाई कीर्ते विवरणका आधारमा आचार्यले ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएका थिए ।
कीर्ते काण्डको पर्दाफाससँगै मुद्धा दर्ता भएपछि आचार्य फरार थिए । उनलाई पक्राउ गर्न २०७६ मंसिर २ गते वारेन्ट जारी गरिएको थियो । उनी त्यसपछि स्वतः निलम्बनमा परेका थिए । यसैबीच, झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले यही असार २० गते उनलाई काठमाडौंको गोठाटारबाट पक्राउ गरेको थियो ।
पक्राउ गरेर झापा ल्याएको भोलिपल्टै अदालतमा पुर्याइएका आचार्यलाई एक रात प्रहरी हिरासतमा बिताए भने अर्को दिन अदालतको आदेशले पुर्पक्षका लागि झापा कारागार नै पुगेका छन् । कसुर प्रमाणित भएमा नेपाली नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यलाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने बताइएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविदेशीलाई नागरिकता वितरण काण्डका आरोपी अधिकृत आचार्य जेल चलान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img