Homeसमाचारसमाचारसमयमा बाटो स्तरोन्नती नहुँदा आवत जावतमा समस्या

समयमा बाटो स्तरोन्नती नहुँदा आवत जावतमा समस्या

भद्रपुर २३ असार । झापाको भद्रपुर स्थित वार्ड नं ५, ८ र ९ मा पर्ने जनता चौक देखि हडिया खोला पुल जोड्ेने ६ किलोमिटर सडक स्तर उन्नतिको कार्य समयमा सम्पन्न नहुँदा स्थानीयहरुले आवत जावतमा शास्ती खेप्नु परेको छ । बर्षाद्को बेला जताततै पानी जमेको खाल्डा खुल्डीका आवत जावतमा समेत समस्या हुने गरेको उनीहरुको भनाई रहेको छ ।
सघन सघन शहरी विकास योजना अन्र्तगत श्रेष्ठ कन्ट्रक्सन प्रा लीद्धवारा ८३ करोड ८० लाख ९० हजार रुपैयाँको लागतमा २०७४ साल मंसिर १० गते सम्झौता भई २०७७ मंसिरमा सक्ने गरि ठेक्का लागेको उक्त सडकको ठेकेदारले निरन्तर कार्य नगर्दा स्थानीयहरुले शास्ती भोग्नु परेको स्थानीय उपभोत्ताहरु बताउछन ।
सडक निर्माण कार्य निरन्तर सम्पन्न गरि आफुलहरुले आवत जावतमा सहज बनाउन माग गर्दै पटक पटक जिल्ला प्रशासन कार्यलय तथा सघन शहरी विकास आयोजनाको कार्यलयलाई ज्ञापन पत्र बुझाए पनि सरोकरवाला कुनै निकायले पनि नसुनेको स्थानीय उपभोत्ता लिला घिमिरेले बताउनु भयो ।
उहाँले उक्त सडक निर्माण कार्यका लागि सहजीकरण गरिदिन भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठलाई पटक पटक आग्रह गरे पनि सहजी करण गर्नुको सट्टा उल्टै म्याद थपका लागि शिफारिस पठाएर झन समस्या सिर्जना गर्न लगाएको उहांलेको भनाई छ ।
शुरुमा १ महिना भित्र निर्माण कार्य सम्पन्न गरि सक्ने भन्ने सम्झौता गरि स्थानीयहरुका विभिन्न घर संरचनाहरु भत्काईय पनि ४ बर्ष बिति सक्नलाग्दा समेत निर्माण कार्य सम्पन्न नगर्दा आफुहरुले सास्ती खेप्नु परेको अर्का स्थानीय सागर घिमिरेले बताउनु भयो ।
उहाँले लकडाउनका बेला समेत झापाली मजदुरहरु प्रयोग गरि निर्माण कार्यलाई निरन्तर दिदै जान माग गरेको र उत्त मजदुरको व्यावस्थापन आफुहरुले गर्ने आयोजना प्रमुख संग आग्रह गरे पनि उत्त आग्रहलाई आयोजना प्रमुख राजेन्द्र खतिवडालले बेवास्था गरेको बताउनु भयो ।
सो कार्य का लागि लकडाउनको बहानामा देखाएर आयोजना प्रमुख खतिवडाले ढिला सुस्ती गर्न लागाए उहांको भनाई छ ।
लगातारको बर्षाद्का कारण सडक आवत जावतमा विभिन्न समस्या हुनुका साथै दुर्घट्ना समेत निम्तिन सक्ने भएकोले तत्काल समस्याको समाधान गरि आबतजावतमा सहज बनाइनु पर्ने स्थानीय उपभोत्ताहरुको भनाई छ ।
उनीहरुले सघनद्वारा निर्माणाधीन अधिकांश सडक निर्माणमा चरमको कार्यमा लापर्वाहीका हुनुका साथै गुणस्तरहिन सामग्रीहरुको समेत प्रयोग गर्ने गरेको बताएका छन् ।
यता भद्रपुर नगर प्रमुख श्रेष्ठले भने नगरपालिका भित्रका जुनसुकै विकास निर्माणका कार्यलाई दु्रत गतिमा सम्पन्न गर्न आफुले सदैव पहल गरि रहेको बताउदै सघन शहरी विकास योजनामा नपाको कुनै भुमीका नरहने स्पष्ट पार्नु भयो ।
आयोजना प्रमुख खतिवडाले भने उत्त सडक निर्माण कार्यका लागि लकडाउनका कारण ढिला हुन गएको बताउदै तत्काल खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरेर उत्त सडकमा सर्वसाधारणलाई सहज रुपमा हिंडडुल गर्न सक्ने बनाउन कार्यलय प्रतिबद्ध रहेको बताउनु भयो ।
उहांले झापाली मजदुरमा सडक निर्माण कार्यका लागि क्षमता र अनुभव नभएकै कारण बाहिरी जिल्ला तथा भारतीय मजदुरहरु को प्रयोग गर्न ठेकेदारहरु बाध्य हुनु परेको समेत उल्लेख गर्नु भयो ।
नाला सहित ४० फिट सडकको ९ फिट पक्की गरिने र हाल सम्म ७५ प्रतिसत कार्य सम्पन्न भई सकेको कार्यालयले जनाएको छ ।
सघनले संचालन गर्ने गरेका ६ वटा सडक निर्माण कार्य मध्य २ वटाको कार्य पुरा भई सकेको छ भने बांकी ४ वटा सकको निर्माण कार्य आगामी मंसिर महिना भित्र सक्ने योजना रहेको बताईएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारसमयमा बाटो स्तरोन्नती नहुँदा आवत जावतमा समस्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img