Homeसमाचारमहासंघको सडक संघर्ष स्थगित

महासंघको सडक संघर्ष स्थगित

काठमाडौं/ गत बैशाख २७ गते संसदको राष्ट्रिसभामा दर्ता मिडिया काउन्सिल विधेयकलाई प्रेस स्वतन्त्रता मैत्री बनाउने सत्तारुढ दलका नेताको प्रतिवद्धता पछि नेपाल पत्रकार महासंघले सडक आन्दोलन स्थगित गरेको छ ।
बैशाख २७ गते संसदमा दर्ता मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयकलाई प्रेस स्वतन्त्रता मैत्री बनाउने सत्तासीन दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दिननाथ शर्मा, कानूनमन्त्री भानुभक्त ढकाल, सांसद योगेस भट्टराईसहितको उपस्थितिमा असार २४ गते संसदीय दलको तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले दर्ता विधेयकमा महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड जरिवाना लगायत सरोकारका विषयलार्य सम्बोधन गर्ने तथा सञ्चारसम्बन्धी अन्य विधेयकमा पनि महासंघसंग छलफल गरेरमात्र अघि बढाउने लिखित प्रतिवद्धता गरेसंगै महासंघले घोषित सडक आन्दोलाई स्थगित गरेको हो ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘सरकारको नेतृत्व गरिरहेको पार्टीका संसदीय दलकै तर्फबाट आएको प्रतिवद्धताको स्वागत गर्दै संसदले महासंघका सबै सरोकारलाई सम्बोधन गर्ने विश्वास गरी तेस्रो चरणको सडक संघर्ष गरी संसदमा महासंघले उठाएका विषय बस्तुलाई सम्बोधन गराउन छलफल संवाद मार्फत दवाव सिर्जना गरिने छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहासंघको सडक संघर्ष स्थगित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img