Homeसमाचारएकका लागि एक अभियान : पीसीआर ल्याब स्थापनाका लागि रकम जुट्दै

एकका लागि एक अभियान : पीसीआर ल्याब स्थापनाका लागि रकम जुट्दै

विर्तामोड २८ जेठ । ‘एकका लागि एक अभियान’ अन्तरगत झापामा जनस्तरबाटै स्थापना गर्न लागिएको पीसीआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ ।
जनस्तरबाट मुलुकमै पहिलोपटक स्थापना गर्न लागिएको पीसीआर ल्याब स्थापनाका लागि विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग गर्ने क्रम बढेको छ । सोही अनुसार बुधबार एक लाख १२ हजार रुपैयाँ जुटेको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिनुभयो ।
बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाले ५१ हजार, निर्माण व्यवसायी शैलेन्द्र कुरुङ्वाङले ५० हजार र छठ समाज सेवा समिति बिर्तामोडले ११ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । अभियानको तर्फबाट सह–संयोजक बस्नेत, सल्लाहकार नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलको संयुक्त टोलीलाई नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाका तर्फबाट अध्यक्ष कुशल खतिवडा, द्वितीय उपाध्यक्ष जयप्रसाद सिटौला, सचिव मनहरि विमली, सह कोषाध्यक्ष नेत्रप्रसाद विमली, सदस्यहरु विजय गोयल र डम्बर भण्डारीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।
त्यस्तै लायन्स क्लब अफ अनारमनीका अध्यक्ष, निर्माण व्यवसायी तथा लायन्सका जोन चेयर पर्सन शैलेन्द्र कुरुङ्वाङले अभियानका लागि रकम हस्तान्तरण गरेका थिए ।
छठ समाज सेवा समितिको तर्फबाट अध्यक्ष घनश्याम चौधरी, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, महासचिव मनोज रौनियार, कोषाध्यक्ष राजकुमार साह, सहकोषाध्यक्ष अशोक चौधरी, सदस्यहरु बरुण चौधरी, विकी चौधरी र अनन्तलाल महतोले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटो भन्दा छिटो पीसीआर ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि आव्हान समेत गर्नुभयो । विशुद्ध मानवीय र सामाजिक सेवाको भावनाले अभियान अघि बढेको बस्नेतले स्पष्ट पार्नुभयो । अभियानले मन र भावना भएका सबैलाई जोडेर अघि बढ्न खोजेको बताउनु भएको छ । सहयोग दाताहरुले उक्त अवसरमा आगामी दिनमा पनि सहयोग निरन्तर राख्ने प्रतिबद्धता जनाएका छन् । अभियानका सल्लाहकार लोकराज ढकालले अभियान अन्तर्गत झापामा अतिआवश्यक पीसीआर ल्याब स्थापनाको अनुकरणीय काम हुन लागेको भन्दै त्यसका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गर्नुभएको थियो ।
केही समयभित्रै झापामा स्थापना गरिने पीसीआर ल्याबको सम्पूर्ण लागत एक करोड १५ लाख रुपैयाँ लाग्ने बताइएको छ । अभियानमा विभिन्न अढाई दर्जन सामाजिक संघ–संस्था साझेदारका रुपमा आवद्ध भएका छन् । एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ, प्रदेश सरकार तथा झापाका स्थानीय सरकारको सहकार्य र समन्वयमा पीसीआर ल्याब स्थापना हुने अभियानका संयोजक महेन्द्रकुमार गिरीले यसअघि नै बताइसक्नु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकका लागि एक अभियान : पीसीआर ल्याब स्थापनाका लागि रकम जुट्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img