Homeसमाचारसरकारको निर्देशन विपरित कारोबारी धम्क्याउँदै निजी बैंक तथा वित्तीय संस्था

सरकारको निर्देशन विपरित कारोबारी धम्क्याउँदै निजी बैंक तथा वित्तीय संस्था

भद्रपुर २९ जेठ । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशन विपरित ऋण कारोवारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ ।
झापा सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकाम्स निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नुपर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय ऋण कारोवारीले गुनासो गरेका हुन् ।
व्यवसायिक कर्जा लिएका ऋणीहरुको कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेसंगै व्यवसायिक कारोवार बन्द भएपछि चैत्र यता बैंक तथा वित्तीय संस्थाहरूको किस्ता र व्याज तिर्न सकेका छैनन् । बैंकले भने यस्ता ऋणीहरुलाई फोन तथा म्यासेज पठाएर ऋण तिर्न दावव दिन थालेका हुन् ।
सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित ऋण कारोवार गर्ने ऋणी व्यक्तिहरूको ऋण र किस्ता तिर्न समय दिनुपर्ने, हर्जना शुल्क लिन नहुने निर्देशन जारी गरेको भए पनि नाफामुलक उद्देश्यबाट सञ्चालित निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारी निर्देशनको पालना गरिरहेका छैनन् । बन्दाबन्दीको अवधिमा पनि मासिक व्याज तथा किस्ता तिर्न ढिला हुने ऋणी सदस्यबाट हर्जना असुल्ने गरेको गुनासो बढ्न थालेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारको निर्देशन विपरित कारोबारी धम्क्याउँदै निजी बैंक तथा वित्तीय संस्था
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img