विराटनगर २४ जेठ। मोरङमा एम्बूलेन्सको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मोरङको बुढीगंगा गोकुवा चोकमा मंगलबार बेलुका एम्बूलेन्सको ठक्करबाट गम्भिर घाइते सुनसरी बर्जु १४ का ४० बर्षीय मनोजकुमार माझीको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साईकलमा सवार माझीलाई बुढिगंगा गोकुवा चोक राजमार्गमा को२ च २८८२ नम्बरको ऐम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बूलेन्सको ठक्करबाट घाइते माझीलाई बिराट टिचिङ अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक(प्रेम राजबंशी नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

































































































