Homeसमाचारमेची अस्पतालको विकासमा प्रदेश सरकारको बेवास्ता

मेची अस्पतालको विकासमा प्रदेश सरकारको बेवास्ता

झापा २८ जेठ । प्रदेश १ को प्रादेशिक अस्पताल भनेर प्रचार गरिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा वजेट विनियोजन गर्दा समेत बेवास्ता गरेको पाइएको छ ।
पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेट मार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम नल्याएको पाइएको हो ।
प्रदेश १ सरकारको नीति तथा कार्यक्रमले प्रादेशिक अस्पतालको उन्नति हुने कार्यक्रम नराखेपछि यस क्षेत्रका प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । झापा क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य बसन्तकुमार बानियाले अञ्चल अस्पतालको उन्नतिका लागि आवश्यक वजेट विनियोजन नगरी प्रदेश सरकारले घटुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद बानियाले मेची अञ्चलकै ठूलो अस्पताल भएका कारण विरामीको चाप रहने हुँदा पूर्वाधार, प्रविधि लगायत आवश्यकीय विकासका लागि वजेट नआएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । नेकपाबाट प्रत्यक्ष निर्वाचित सांसद बानियाको क्षेत्रमा पर्ने किच्चकबध, कचनकवल जस्ता धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत प्रदेश सरकारले चासो दिएर वजेट विनियोजन गरेको छैन ।
समानुपातिक सांसद ओमप्रकाश सरावगीलेले समेत दक्षिण झापाको उन्नति हुने काममा प्रदेश सरकारले चासो नदिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । सांसद सरावगीले दक्षिण झापाको उन्नतिको आधारका रूपमा रहेको अञ्चल अस्पतालको व्यवस्थापन पक्ष कमजोर रहेकै कारण भौतिक पूर्वाधार समेत लथालिङ रहेकोले सुधारका लागि वजेट आवश्यक पर्ने बताउनु भयो । विपन्नहरू बाक्लो बस्ती समेत रहेको झापा क्षेत्र नम्वर ३ विकास निर्माणका दृष्टिले पछाडि परेको क्षेत्र हो । यो क्षेत्र राज्यको उपेक्षामा पर्ने गरेकै कारण भौतिक पूर्वाधारमा पछाडि परेको छ ।
संघीय सरकार मातहतमा रहेको मेची अञ्चल अस्पतालको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारमा सरेपछि अस्पतालको स्तरोन्नतिका कार्यहरू बन्द भएको अवस्था छ ।
संघीय सरकारको व्यवस्थापनबाट प्रदेश सरकारमा हस्तान्तरण भएको अस्पताल सञ्चालनको जिम्मेवारी पाएको विकास समितिले चासोका साथ अस्पताल भित्र आवश्यकीय उपकरण तथा प्रविधिको प्रबन्ध गर्न नसक्दा उपचार सेवा लिने सेवाग्राहीको आकर्षण घट्दै गएको छ ।
अस्पतालका अधिकांस विशेषज्ञ डाक्टर तथा प्राविधिक कर्मचारी निजी क्लिनिक केन्द्रीत भएको दुखेसो सेवाग्राहीले गर्ने गरेका छन् । अस्पताल भवनमा रात बिताउनु पर्ने विरामी जीर्ण भवनको संम्रचना देखेर असुरक्षा महसुस गरिरहेका छन् । पछिल्लो समय कोरोना अस्पताल थपिने हल्लाले अस्पतालमा सेवा लिन नआए हुने भो भन्ने मानसिकतामा पुगिसकेका सर्वसाधरणको विश्वास जितेर अस्पतालको सेवा प्रवाहमा आकर्षण बढाउन विकास समिति चुकिरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची अस्पतालको विकासमा प्रदेश सरकारको बेवास्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img