Homeसमाचाररुपन्देहीमा ५ जनाको सामूहिक हत्या, फरुवाले हानेर मारेको आरोपीद्वारा स्विकार

रुपन्देहीमा ५ जनाको सामूहिक हत्या, फरुवाले हानेर मारेको आरोपीद्वारा स्विकार

बुटवल २७ जेठ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१० मैनहवामा सोमबार राति भएको सामूहिक हत्या आरोपीले स्विकार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै परालमा लुकेर बसेका सुर्खेत घर भइ हाल सोही ठाउँमा बस्दै आएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले बताउनु भएको छ ।
सोमबार राति तिलोत्तमा नगरपालिका वडा नं–१० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दुईजनासहित पाँचजनाको हत्या भएको थियो ।
सामुहिक हत्यामा सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर,उनकी श्रीमती जानकी मुसहर (३७), फार्म सञ्चालक पुनका धर्म छोरा रमेश भनिने पोषराज मुसहर (१४), र रमेशका साथीहरु करण चौधरी र आशिष चौधरीको हत्या भएको हो । करण आशिष रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फर्म सञ्चालक पुनको भनाई छ ।
श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र करिब दुई महिनाअघि मात्रै सो फर्ममा काम गर्न आएका थिए । उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले तनाव हुने गरेको स्थानीयसँग बताउँदै आएको स्थानीयहरुको भनाई छ । दैनिकजसो मदिरा सेवन गर्ने उनले फरुवाले टाउकोमा हिर्काएर हत्या गरेको बताएको प्रहरी श्रोतको भनाइ छ । मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ ।
सिंजाली र माधवका बिचमा गत १४ गते झगडा परेको माधवका छोरा करण मुसहर बताउँछन् । ‘बाबा र त्यो अंकलबिच झगडा परेको थियो’, उनले भने–‘उहाँहरुबिच कहिले पनि कुरा मिल्दैनथ्यो, बाबाले काम राम्रोसँग गर्नुपर्छ भन्नुहुन्थ्यो तर अंकल झर्किनुहुन्थ्यो ।’
हत्या आरोप लागेका संजालीलाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररुपन्देहीमा ५ जनाको सामूहिक हत्या, फरुवाले हानेर मारेको आरोपीद्वारा स्विकार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img