झापा २६ जेठ । झापाबाट कोरोना संक्रमण परीक्षणका लागि नमूना स्वाब पठाइएका मध्ये सोमबार ११५ जनाको रिपोर्ट आउँदा १० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
भारतका विभिन्न ठाउँबाट आएर झापाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेकाहरुका कोरोना परीक्षणका लागि नमूना संकलन गरेर पठाइएका कूल ३ हजार २९९ नमूना मध्येबाट सोमबार ११५ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म झापाबाट विराटनगर प्रादेशिक प्रयोगशाला, कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि नमूना स्वाब संकलन गरी पठाइएका मध्ये २ हजार ६२२ जनाको रिपोर्ट आउँदा १४८ जनामा कोरोना संक्रमण देखिएको हो ।
परीक्षणका लागि नमूना स्वाब संकलन गरी पठाइएका ३ हजार २९९ मध्ये अझै ६७७ जनाको रिपोर्ट आउन बाँकी रहेको अधिकृत चौंलागाँईले बताउनु भयो ।
झापाका २६२२ नमूना स्वाबको रिपोर्ट आउँदा १४८ मा पोजेटिभ

































































































