Homeसमाचारसिम्रिक र दमकको चेतनशील सहकारीबीच एकीकरण

सिम्रिक र दमकको चेतनशील सहकारीबीच एकीकरण

विर्तामोड २६ जेठ । झापाको विर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नपा ६ मा कार्यालय रहेको चेतनशील बचत तथा ऋण सहकारी संस्थावीच सोमवार एकीकरण भएको छ ।
सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई उपयोग गर्दै दुई सहकारीवीच एकीकरण भएको सोमबार घोषणा गरिएको हो ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतलाई चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीले वैशाख मसान्तसम्मको कारोवारसहितको वासलात हस्तान्तरण गरी दुई सहकारीवीच एकीकरण भएको घोषणा गर्नु भएको थियो ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेत र चेतनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानवहादुर योगीको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले औचित्य माथी प्रकाश पार्दै सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार सिम्रिक बचत तथा ऋण सहकारी संस्था र चेतनशील बचत तथा ऋण सहकारी संस्थाको उद्धेश्य एउटै भएका कारण ती दुई सहकारीवीच एकीकरण गरिएको बताए । उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा कारोबार गरिने बताउनु भयो ।
एकीकरण भएसंगै चेतनशील बचत तथा ऋण सहकारी संस्थामा आवद्ध ५ जना महिला कर्मचारी पनि अब सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको कर्मचारीका रुपमा नियुक्ती भइसकेको बताउँदै उहाँले सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अब दमकमा पनि सेवाकेन्द्र सञ्चालनमा ल्याएर आफ्ना सदस्यहरुमाझ कारोबार गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले २० लाख ५५ हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार गरी सिम्रिकले अहिले एक अर्ब १८ करोड रुपैयाँको वासलात बनाउन सफल भएको बताउनु भयो । उहाँले जिल्लाका १७ वटा स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर २४ हजार ५ सय ६५ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिम्रिक र दमकको चेतनशील सहकारीबीच एकीकरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img