Homeसमाचारबाँके नरैनापुरको क्वारेन्टाइन बसेका युवाको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

बाँके नरैनापुरको क्वारेन्टाइन बसेका युवाको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

काठमाडौं ४ बैशाख । बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जना २५ वर्षीय युवकको आइतबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । गाउँपालिकाको मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका ती युवालाई ज्वरो, झाडा र पखाला देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ को नियमित ब्रिफिङका क्रममा जानकारी गराउनु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
भारतबाट आएका ती युवा बैशाख ३० गतेदेखि क्वारेन्टाइनमा थिए । उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।
क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाका अनुसार मृतकलाई राति अचानक बान्ता आएपछि जीवनजल खान दिइएको थियो । जीवनजल खाएको दुई घन्टासम्म पनि उनको बान्ता नरोकिएको र मृत्यु भएको बुढाले बताइएको छ ।
दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका चार जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ । बान्ता भएकै कारण युवकको मृत्यु भएकाले रेन्टाइनमा रहेका २ सय ३ जनासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत त्रासमा रहेको क्वारेन्टाइन इन्चार्ज बुढाले बताउनु भयो । ।मृतक युवक भारतको महाराष्ट्रदेखि आएका थिए । हिँडेरै आएका उनी सीमामा हप्तौ बसेको इन्चार्ज बुढाले जानकारी दिए । नरैनापुर गाउँपालिकामा भारतदेखि आएका ५ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाँके नरैनापुरको क्वारेन्टाइन बसेका युवाको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img