Homeसमाचारदर्ता नभएका औषधी बेच्ने भद्रपुरका औषधी पसल कारवाहीमा

दर्ता नभएका औषधी बेच्ने भद्रपुरका औषधी पसल कारवाहीमा

भद्रपुर ५ जेठ । लकडाउनको मौका छोपेर औषधी पसलका नामा कालोबजारी गर्ने तथा नियम विपरित बिक्री वितरण गर्ने ३ वटा पसल कारवाहीमा परेका छन् । जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा औषधी व्यवस्था विभागले गरेको अनुगमनका क्रममा नियम मिच्ने भद्रपुर र चन्द्रगढी क्षेत्रका ३ औषधी पसललाई कारवाहीको दयरामा ल्याइएको हो । ती औषधी पसलमा मास्क, पंजा तथा सेनिटाइजर बढी मुल्यमा बिक्री गरेको जन गुनासो बढेपछि चन्द्रगढी तथा भद्रपुरका औषधी पसलको अनुगमन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाको अगुवाईमा औषधी व्यवस्था विभाग बिराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका, झापा उद्योग वाणिज्य सघंको सम्युक्त टोलीले औषधी पसलको अनुगमन गरेको थियो । चन्द्रगढी तथा भद्रपुरका १२ वटा औषधी पसलको अनुगमन गर्ने क्रममा दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र सगंम औषधालय चन्द्रगढीले नियम विपरित विभागमा दर्ता नभएका औषधी र खाद्य पूरक औषधी बेच्ने गरेको पाइएको थियो । अनुगमनका क्रममा बरामद गरिएका औषधी तथा खाद्य पूरक औषधी नियन्त्रणमा लिएर सञ्चालकहरूलाई बन्दाबन्दीको समयपछि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बिभागका निमित्त प्रमुख संजिब शर्मा कट्टेलले जानकारी दिनुभयो ।
औषधी पसल अनुगमनको क्रममा बिल नदिने गरेको, कस्मेटिक सामान बिक्री गर्ने गरेको, नविकरण नगरी सञ्चालन भइरहेका पसललाई सचेत पत्र दिइएको छ भने फेरि पनि नियम विपरितका यस्ता कार्य भेटिए जरिवाना गरिने बजार अनुगमनका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदर्ता नभएका औषधी बेच्ने भद्रपुरका औषधी पसल कारवाहीमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img