Homeसमाचारयस्तो छ कोभिड १९ बाट मृत्युको शब व्यवस्थापन कार्यविधि

यस्तो छ कोभिड १९ बाट मृत्युको शब व्यवस्थापन कार्यविधि

काठमाडौं ४ जेठ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण बढ्दै जाँदा सरकारले पनि कोभिड १९ बाट मृत्यु हुनेको शब व्यवस्थापनका लागि सरकारले कार्यविधि जारी गरेको छ । सरकारले जारी गरेको कार्यविधि अनुसार कोभिड संक्रमितको मृत्यु भएमा शब व्यवस्थापनमा शव वाहनका चालक र कर्मचारी, आफन्त लगायतले अपनाउनु पर्ने सावधानीबारे उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य मृतकको जस्तो हुँदैन ।कार्यविधि अनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।


त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्य तया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ । चैत्र २५ गते जारी उक्त कार्यविधिमा मृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दुरीबाट पालै पालो गरेर मात्र हेर्न पाउने उल्लेख छ । सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न बनाइएको प्रावधान अनुसार दाह संस्कार गरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयस्तो छ कोभिड १९ बाट मृत्युको शब व्यवस्थापन कार्यविधि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img