Homeसमाचारसमाचार२५ जिल्लामा काेराेना संक्रमण

२५ जिल्लामा काेराेना संक्रमण

काठमाडौं ३ जेठ । शुक्रबार दाङ मकवानपुर जिल्लाबासीमा पनि काेराेना भाइरस पुष्टि भएसंगै नेपालका काेराेना संक्रमण २५ जिल्लामा पुगेकाे छ । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।  
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र  दाङ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 
जसमध्ये मकवानपुर र दाङ निवासीमा शुक्रबारमात्रै कोरोना संक्रमण पुष्टि भएको हो । 
हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 
फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो ।
यसैगरी  कपिलवस्तुमा    ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौंमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २,  भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा१ र दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् । 
शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।
प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । 
देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । 
अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार२५ जिल्लामा काेराेना संक्रमण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img