Homeसमाचारकोरोना संक्रमण २१ देखि ३० वर्ष उमेर समूहमा बढी

कोरोना संक्रमण २१ देखि ३० वर्ष उमेर समूहमा बढी

काठमाडौँ ३ जेठ । नेपालमा कोरोना संंक्रमितको संख्याका आधारमा उमेर समूहलाई नियाल्दा कोरोनाको संक्रमण सबै उमेरका मानिसहरुलाई भएको देखिएको छ । यसअघि अन्य मुलुकमा बृद्धबृद्धालाई बढी संक्रमण देखिएको र मृत्यु हुनेमा पनि बृद्धबृद्धा नै बढी रहेको भनिए पनि नेपालमा भने सबै उमेर समूहमा कोरोना संक्रमण पुगेको देखिएको हो । संक्रमितको संख्या २७३ पुगिरहँदा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको अवस्थामा नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका मानिस बढी संक्रमित भएको पाइएको छ । पछिल्लो पटक अपडेट गरिएको संक्रमित कूल दुईसय ७३ जनामध्ये ८२ जना २१ देखि ३० वर्ष उमेर समूहका रहेको तत्याङ्कले देखाउँछ । यसपछि प्रभावित (संक्रमित) हुने ठूलो समूह पनि ३१ देखि ४० वर्ष उमेर समूहको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । ३१ देखि ४० उमेर समूहका ६९ जना मानिस कोरोना संक्रमित छन्।
यो पछि ११ देखि २० वर्ष उमेर समूह पनि बढी प्रभावित देखिन्छ। यो समूहका ४९ जना संक्रमित छन्। ४१ देखि ५० उमेर समूहका ३१ जना र ५१ देखि ६० उमेर समूहका १५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपामला ० देखि १० र ६० वर्षभन्दा बढी उमेरका मानिस अन्य उमेर समूहको तुलनामा कम प्रभावित छन्। ० देखि १० उमेर समूहका ११ जना र ६० वर्षभन्दा माथि १३ जना संक्रमित रहेको पाइएको छ। त्यसमा पनि ६१ देखि ७० उमेर समूहका १० जना, ७१ देखि ८० उमेर समूहका २ जना र ८० वर्षभन्दा माथिका एकजना मात्र संक्रमित छन्। संक्रमितमध्ये ५४ महिला र २ सय १९ जना पुरुष रहेका छन्। कोरोना भाइरसबाट संक्रमित दुईसय ७३ मध्ये ३६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले केही दिन अघि कोरोनाको संक्रमण जुनसुकै उमेर समूहमा पनि देखिन सक्ने बताउनु भएको थियो । शुक्रबार साँझ थपिएका ९ र शनिबार बिहान थपिएका ६ जना यो चार्टमा समावेश छैनन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमण २१ देखि ३० वर्ष उमेर समूहमा बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img