कपिलवस्तु ३० बैशाख । मंगलवार कोरोना संक्रमण पुष्टि भएका ५७ जना मध्ये एक स्वास्थ्यकर्मी समेत रहेको पाइएको छ । उनी कपिलवस्तु अस्पतालकी स्टाफ नर्स रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना रिर्पोटमा कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय युवती संक्रमित भनिएको थियो। मन्त्रालयले भनेकी ती युवती जिल्ला अस्पतालमा कार्यरत थिइन । उनी सहित केही स्वास्थ्यकर्मीको स्वाव परिक्षणको लागी पठाइएको थियो । अन्य स्वास्थ्यकर्मीको नजिजा आउन बाकीं रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अस्पताल स्रोत अनुसार संक्रमित स्वास्थ्यकर्मीसँग धेरै जना सम्पर्कमा आएको हुँदा अरुलाई पनि संक्रमण लाग्न सक्ने आशंका बढेको छ ।
अस्पताल कर्मचारीहरुसँग तत्काल छलफल गरी सचेतना अपनाउन र स्वाव संकलन गर्ने बारेमा छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यकर्मीसंगै आठ जनाको रिर्पोट पोजेटिभ आएको हो। नेपालमा कोरोना संक्रमण मंगलबार एकैदिन ५७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाउनु भएको छ ।
स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

































































































