Homeसमाचारशिवाकोटी दम्पत्तीले दिए पत्रकार राईलाई छानो

शिवाकोटी दम्पत्तीले दिए पत्रकार राईलाई छानो

झापा ३० बैशाख । समाजमा यस्ता पनि मानिस छन्, जो दुःखमा परेका र अभावमा छटपटाएकालाई सहयोग गरेर रमाउन चाहन्छन् । तिनै मध्येका एक हुन् झापा विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण शिवाकोटी र गीता शिवाकोटी । सेवा नै धर्म हो कुरा आत्मसात गरी सामाजिक क्षेत्रमा क्रियाशील उनीहरुले यो संकटको घडीमा पनि स्तुत्य कार्य गरेका छन् ।
अहिलेको संकटपूर्ण समयमा ठूलो सहयोगको अपेक्षा कल्पना बाहिरको कुरा हो । तर, विर्तामोडका यी शिवाकोटी दम्पत्तीले त्यही कल्पना बाहिरको कुरालाई व्यवहारमा गरेर देखाएका छन् ।
लामो समयदेखि अर्काको घरमा बसेर पत्रकारिता गर्दै आएका झापा अर्जुनधारा–५ का इन्द्रकुमार राईले गत वर्ष स्थानीय समाजसेवी केदार पराजुलीको पहलमा घर बनाउनका लागि भिटा ९जमिन० प्राप्त गरे । जमिन प्राप्त गरेसंगै अर्जुनधारा नगरपालिकाबाट शनिश्चरे प्रेस क्लवको पहलमा एक लाख रुपैयाँ अनुदान प्राप्त गरेपछि राईले निर्माण गर्न थालेको अधुरो घरलाई शिवाकोटी दम्पत्तीले छानो लगाइदिएका छन् ।

XMA Header Image


राईको घरको छानो लगाउने सन्दर्भबारे शिवाकोटीले स्मरण गर्दै भने–‘फागु पूर्णिमामा रमाइलो गर्ने कुरा आयो । फजुल खर्च गरेर सक्ने भन्दा पनि एउटा कमजोरलाई केही ठोस सहयोग गर्न पाए हुन्थ्यो भने पछि एकराज जीले त्यसो गर्दा झन राम्रो भन्नु भएको थियो सोही अनुसार यो काम भएको हो ।’
शिवाकोटी दम्पत्तीले कोरोनाको कहर चलिरहेका बेला मंगलबार राईको घरको छानाका लागि आवश्यक टिन, मगरा, काँटी, वासर लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ ।
सामग्री हस्तान्तरणका क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले शिवाकोटी दम्पत्तीले ओत लाग्ने ठाउँ नभएका पत्रकारलाई छानो लगाइदिएर ठूलो सहयोग गरेको भन्दै आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।पत्रकार महासंघ प्रदेश समिति सदस्य रेजीना गौतमले लामो प्रतीक्षा पछि अब भने पत्रकार राईको आफ्नै घरमा बस्सोने सपना पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । क्रममा अर्जुनधारा प्रेस क्लवका सदस्य विनोद पाण्डे, जनआन्दोलन साप्ताकिकका प्रकाशक यज्ञप्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो ।
शिवाकोटी दम्पत्तीको सहयोेग पछि अब भने आफ्नो घरमा बस्न पाइनेमा विश्वस्त भएको पत्रकार राईले बताउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।यतिबेला मुलुक कोरोना संक्रमण विरुद्ध जुधिरहेको छ । हुनेले नहुनेलाई सहयोग गर्ने र नहुनेको चुलो बाल्ने काम एकातिर चलिरहेको छ भने अर्कोतिर सरकारले दिएको राहत त हो नी हामीले लिंदा के हुन्छ रु भनेर हुने खानेहरु पनि राहतमा बसेको लाइनले कहिले काँही गिज्याइरहेको छ ।तर शिवाकोटी दम्पतीले गरेको स्तत्य कार्यको सबैले प्रशंसा गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिवाकोटी दम्पत्तीले दिए पत्रकार राईलाई छानो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img