Homeसमाचारबैदेशिक रोजगारीमा ज्यान गुमाएका एकसय बढी नेपालीको शव अलपत्र

बैदेशिक रोजगारीमा ज्यान गुमाएका एकसय बढी नेपालीको शव अलपत्र

काठमाडौं २९ बैशाख । निरन्तरको लकडाउनका कारण वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेका छन् ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण ती शवहरु स्वदेश ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
लामो समयसम्म शव अलपत्रका शब ल्याउन लकडाउनका कारण समस्या भएपछि परिवारको अनुमति लिएर विदेशमै दाहसंस्कारको लागि प्रयास भएपनि सहमति पाउनै गाह्रो भएको बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले बताउनु भयो ।
लकडाउन भएयता परिवारको सहमति लिएर ६ जनाको मात्र दाहसंस्कार सम्भव उहाँले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार यूएईमा ३, सिसेल्समा १, टर्कीमा १ र दक्षिण कोरियामा १ जनाको दाहसंस्कार गरिएको छ । ८ जना मृतकका परिवारले उतै दाहसंस्कारका लागि सहमति दिएको र दाहसंस्कार गर्ने प्रक्रियामा रहेको बताएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पुगेका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा रहेको बोर्डले जनाएको छ । जसमा यूएईमा २१, साउदी अरबमा ३३, मलेसियामा ३०, कतारमा २६, कुवेतमा ७, दक्षिण कोरिया, बहराइन, साइप्रस र ओमानमा एक÷एकजना नेपाली कामदारको शव अलपत्र अवस्थामा छ ।
बोर्डले खाडीका प्रमुख रोजगारदाता देशबाट मात्र तत्काल एक लाखभन्दा बढी कामदार नेपाल आउने स्थितीमा रहेको जनाएको छ। यसमा ४२ हजारभन्दा बढी कामदार करार अवधि सकिएर र बाँकी कामदार अवैधरुपमा बस्नेहरु रहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैदेशिक रोजगारीमा ज्यान गुमाएका एकसय बढी नेपालीको शव अलपत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img