Homeसमाचारआगलागीमा साढे सात करोड बढीको क्षति

आगलागीमा साढे सात करोड बढीको क्षति

ताप्लेजुङ २० बैशाख । शुक्रबार बेलुका १० बजेपछि भएको आगलागीमा साढे सात करोड बढी मूल्यको सरसामान जलेर नष्ट भएको छ । आगलागीबाट आठ घर जलेर ध्वस्त हुँदा व्यक्तिगत तथा संस्थागत
सामग्री जल्दा सात करोड ६५ लाख ७२ हजार सातसय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार घरधनी र डेरावालाहरुको सात करोड ४३ लाख २५ हजार रुपियाँ तथा संस्थागत २२ लाख ४७ हजार ७०० समेत कुल सात करोड ६५ लाख ७२ हजार ७०० रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सदरमुकाम फुङ्लिङको पुरानो बैङ्क लाइन ट्याक्सी काउन्टर क्षेत्रमा राती १० पछि आगलागी भएको थियो ।
अलैँची व्यवसायी संघ ताप्लेजुङ, (प्याव्सन), पाथीभरा जिप व्यवसायी प्रालि, आईएमई लगायतका संस्थाका कार्यालयहरु थिए । ती कार्यालयमा रहेका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण भने अझै खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।
आगो लगभग अढाइ घन्टापछि बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतको पहलमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागीबाट पीडित २२ परिवारलाई फुङ्लिङ नगरपालिकाले शनिबार प्रतिपरिवार २५ केजी चामल, दुई÷दुई केजी दाल र नुन, दुई लिटर खानेतेल राहत उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ताप्लेजुङले प्रतिपरिवार कपडा, भाँडावर्तन, कम्बल, त्रिपाल, बाल्टिन, जग लगायतका सामग्री वितरण गरेको छ ।
१६ वर्षमा पाँचौपटक आगलागीको घटना दोहोरिएको ताप्लेजुङ बजारमा यसअघि २०६०, २०६८, २०६९, २०७३ सालमा बजारका फरक फरक ठाउँमा आगलागी भएको थियो । आगलागीको पाँचौं पटकको कारण खुलिनसकेको अवस्थामा यसअघिका घटनामा प्रहरी अनुसन्धानबाट एक घटना बाहेक स्थानीयकै लापरवाहीका कारण आगजनी भएको खुलेको बताइएको थियो ।
यसैबीच ताप्लेजुङबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अग्निपीडितको पुनःस्थापनाका लागि पहल गर्ने बताउनु भएको छ । शुक्रबार भएको आगलागीको घटनाप्रति द्ुःख व्यक्त गर्दै मन्त्री भट्टराईले शनिबार विपप्ति जारी गर्दै आगलागीबाट घरसहित धनसम्पत्ति गुमाएका परिवारका निम्ति सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आपूmले पहल गर्ने जनाउनु भएको हो। पीडितको उद्धार, राहतको प्रबन्ध लगयातका व्यवस्थापन गर्नका लागि स्थानीय प्रशासन तथा स्थानीय तहलाई अनुरोध समेत गर्नुभएको छ ।

यो पनि हेर्नुहोसhttps://www.janaandolan.com/?p=3481

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआगलागीमा साढे सात करोड बढीको क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img