गाईघाट १९ बैशाख । विगत आठदिनदेखि क्वारेन्टाइनमा रहेका उदयपुर जिल्लाको एक युवकले आत्महत्या गरेका छन् ।
रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको सोही गाउँपालिका वडा नं.–७ गुराँसेका १९ वर्षीय सुमन विकले आत्म हत्या गरेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनु भयो ।
युवकले बिहीबार राति श्रीमतीको सलले घाँटी बेरेर आत्महत्या गरेको खुलेको छ । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स क्याम्पस मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ ।
श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए । विक र उनकी श्रीमती काठमाडौं चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौं ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए । उनी वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
उदयपुरका एक युवकद्वारा क्वारेन्टाइनमै आत्महत्या

































































































