Homeसमाचारलकडाउनमा घर फर्किनेको संंख्या एकहजार नौसय बढी

लकडाउनमा घर फर्किनेको संंख्या एकहजार नौसय बढी

झापा १८ बैशाख । विभिन्न कामका शिलशीलामा घरबाहिर रहेका एकहजार नौसय नौ जना लकडाउनको समयमा घर फर्किएका छन् ।
कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले आह््वान गरेको लकडाउनका कारण विभिन्न कामका शीलशिलमा झापा बाहिर रहेका एकहजार नौसय नौ जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
लकडाउनको समयमा जिल्ला भित्रिएकाको यति ठूलो संख्या अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ । तर जिल्ला बाहिरका झापालीहरु घर फर्केपछि क्वारेन्टाइनमा नबसेपछि स्थानीयहरु भने चिन्तित भएका छन् ।
झापाका मेची नगर नगरपालिकाका १८९, विर्तामोड २२७, अर्जुनधाराका १०५, कनकाई नगरपालिका १७९, दमक नगरपालिकाका १९७, भद्रपुर नगरपालिकाका १२९, शिवसताक्षी नगरपालिकाका २३०, गौरादह नगरपालिकाका २५९ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी बुद्धशान्ति गाउँपालिकाका ८१, कचनकवलका ६३, बाह्रदशीका ९, झापा गाउँपालिकाका ३९, कमल गाउँपालिकाका १३७, गौरीगञ्ज गाउँपालिकाका २४ र हल्दिबारी गाउँपालिकाका ४० गरी एकहजार नौसय नौजना झापा भित्रिएका हुन् ।
बाहिरी जिल्लाबाट आएकाहरु स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नबसेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला संक्रमण फैलिएको ठाउँ नभएकाले जिल्ला भित्रिएकाहरुलाई लकडाउनकै अवस्थामा बस्न सुझाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।
लकडाउनका समयमा जिल्ला भित्रिएकाहरु भने होम क्वारेन्टाइनमा बस्ने भन्दै आ–आफ्नो घरतर्फ लागेको स्रोतले जनाएको छ ।
यो समयमा झापाबाट विभिन्न जिल्लाका पाँचसय ८० जना बाहिरिएको बताइएको छ ।
अध्ययन लगायत विभिन्न कारणले घरबाहिर बसेकाहरुको लकडाउनका कारण जीवन कष्टकर बनेपछि उनीहरु घर फर्किएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउनमा घर फर्किनेको संंख्या एकहजार नौसय बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img