Homeसमाचारएकका लागि एक अभियानमा २ हजारलाई राहत बाँड्ने

एकका लागि एक अभियानमा २ हजारलाई राहत बाँड्ने

झापा १७ बैशाख । झापाका केही संघ–संस्थाहरुको सहकार्यमा झापाका विपन्न परिवारलाई राहत वितरण गर्ने भएका छन् । कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारले आह्रवान गरेको लकडाउनका कारण विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गइरहेका बेला झापामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा एकका लागि एक भन्ने अभियानमार्फत राहत वितरण गर्न लागेका हुन् ।
एकका लागि एक भन्ने अभियान अन्तरगत साहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी, जेसिस, जेसिस पूर्व समाज, लायन्स क्लब, नेप्लिजटिनसहितका संस्थाहरुको सहकार्यमा राहत वितरण गर्न लागिएको हो ।
अभियान अन्तरगत अत्यन्तै विपन्न दुईहजार परिवारलाई राहत वितरणका लागि राहत प्राप्त गर्ने परिवार छनौटको विधि समेत सार्वजनिक गरिएको छ ।
राहत वितरणका लागि तयार गरिएको छनौट विधि अनुसार सहकारद्वारा प्रदान गरिने कुनै पनि सामाजिक भत्ता नलिएको (ज्येष्ठ नागरिक, एकलमहिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा वर्ग, कुनै प्रकारको पेन्सन नपाएको, परिवारको कोही कुनै पनि संस्थामा जागिर नभएको, घर नभएको÷खेतिपाती नगरेको, वैदेशिक रोजगारीमा कोही पनि नभएको परिवार हुनुपर्ने छ । छनौट विधि अनुसारका परिवार पहिलो प्राथमिकतामा राखिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाउनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकका लागि एक अभियानमा २ हजारलाई राहत बाँड्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img