Homeमनोरञ्जनमिस ग्रेस टिन उपाधि बबितालाई

मिस ग्रेस टिन उपाधि बबितालाई

विर्तामोड । मिस ग्रेस टिन झापाको उपाधि अर्जुनधारा–६ की बबिता आचार्यले हात पारेकी छिन् ।
काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगितामा १३ प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले मिस ग्रेस टिन झापाको ताज पहिरिएकी हुन् ।
मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधि समेत प्राप्त गरिन् । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप र मिस कन्फिडेन्टको उपाधी बिर्तामोड ३ की अलिसा पोखरेलले प्राप्त गरिन् भने सेकेण्ड रनरअप र मिस क्युपिड फोटोजेनिकको उपाधी बिर्तामोड २ की रोश्नी राईले प्राप्त गरिन् ।
त्यसैगरि प्रतियोगितामा मिस मल्टिमिडिया, मिस भ्युवर च्वाइज र मिस इन्टलेक्च्वल मनिसा गौतम, मिस डिसिप्लेन शिखा चापागाईं ,मिस पङच्वल आशा खतिवडा, मस वेस्ट स्माइल लोजिना लिम्बू, मिस वेस्ट हेयर नेहा मण्डल, मिस वेस्ट स्कीन झरना श्रेष्ठ, मिस फ्रेण्डली कृति सहनी, मिस पर्सनालिटी दिप्सना दुलाल, मिस टाइल डिभा सेजल पाण्डे, मिस क्याटवाक युनिसा मगर, मस ब्युटिफुल सञ्जिला सुवेदी घोषित भए ।
प्रतियोगिताको नर्णायकमा रङ्गकर्मी माधव कल्पित खतिवडा, अधिवक्ता कविता शर्मा, लिला अनमोल, गोल्डमेडलिष्ट राम दाहाल, युग गौतम रहेका थिए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य तथा ग्रेस इभेन्ट झापाकी अध्यक्ष कृतिका शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रेस इभेन्टका सिइयो सुरज थापा , ग्रेस इभेन्ट झापाका अभिषेक निरौला , विजय केशी , युवा व्यवसायी रमेश चौधरी, गायक वेनुप सुनुवार लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको कोरीयोग्राफर एलिसा अधिकारीले गरेकी थिइन् । सांस्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमको सञ्चालन सेलिसा उप्रेतीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनमिस ग्रेस टिन उपाधि बबितालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img