दमक ८ बैशाख । नेपाल किसान संघ झापाले किसानका लागि अत्यावश्यक रासायनिक मल, विऊ तत्काल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्ठराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै किसानले समयमै मल र विउ, नपाए त्यसको असर राष्ट्रिय उत्पादनमा नै पर्ने जनाउँदै तत्काल मल र विऊ उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो ।
लकडाउनका कारण यातायात र पशल सञ्चालन नहुँदा किसानहरु रासायनिक मल र विऊ पाउनबाट बञ्चित रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘कृषि प्रधान मुलुक नेपालका जनताले खेति गर्ने समयमा मल र विऊ पाएनन् भने त्यसको असर राष्ट्रिय उत्पादनमा नै पर्छ । भोली लकडाउन खुलेर सहज अवस्थामा आवश्यक पर्ने खाद्यान्न संकट उत्पन्न हुन्छ ।’ यसतर्फ सरकार गम्भीर नपाइएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारको लाचारीपनले ठूलो खाद्यान्न संकट उत्पन्न हुनसक्ने जोखिमतर्फ सरकारलाई सचेत पनि गराइएको छ ।
लकडाउनको अवस्थामा शहरमा अलपत्र परेको जनशक्तिलाई लकडाउनको पूर्ण पालनासहित गाउँ लैजाने ब्यवस्था गरेर सामाजिक दुरी कायम राख्दै कृषिकर्ममा परिचालन गर्न सके कृषि पेशालाई ब्यावसायिक बनाउन सकिने र खाद्यान्न उत्पादनमा राष्ट्रलाई नै आत्मनिर्भर बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।
मल विऊ उपलब्ध गराउन किसान संघको माग

































































































