Homeसमाचारसरकार प्रमुख नै नियम मिच्दै : विना अनुमति नगरप्रमुखकै आदेशमा सडकका रुख...

सरकार प्रमुख नै नियम मिच्दै : विना अनुमति नगरप्रमुखकै आदेशमा सडकका रुख काटिए

झापा ८ बैशाख । कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले आह््वान गरेको लकडाउनका कारण नागरिक घर भित्र रहेको मौका छोपेर पूर्व–पश्चिम राजमार्ग अन्तरगत सुरुङ्गा सडकखण्डका सरकारी जमिनका रुख काटिएका छन् ।
कनकाई नगरपालिकामा पर्ने दुर्गापुर सडक खण्डमा सडक विभागको जमिनमा रहेका ४ वटा मसला जातका रुख काटिएका हुन् ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलको निर्देशनमा रुख काटिएको बताइएको छ । रुख काट्ने सम्बन्धमा नगर मेयरको संलग्नता रहे नरहेको बुझ्नका लागि मेयर पोखरेलको ९८५२६७२६३८ मा अपरान्ह्र साढे चार बजेदेखि साढे ६ बजेसम्म पटक पटक सम्पर्क गर्दा तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाइल स्वीच अफ गरिएको छ, भन्ने जवाफ पाइयो ।
तर रुख काट्ने कार्यमा संलग्न एक मजदुरले मेयरकै आदेशले रुख काटेको बताएका छन् । मेसिनमा तेल छैन भन्दा मेयर आफैंले आफ्नो घर कम्पाउण्डमा रहेको गाडीबाट तेल निकालेर दिएपछि आफूले रुख काटेको उनले बताए । उनले भने–‘तेल छैन भन्दा उहाँले घरबाट आफ्नै गाडीको तेल झिकेर दिनुभयो, म त मजदुर हुँ ज्यालादारी गरी खाने मान्छे अहिले अर्कोले आएर काटि दे भन्यो भने पनि तेल छ भने काटिदिन्छु ।’ ती मजदुरका अनुसार जम्मा सातवटा रुख काट्न भने भनिएपनि चारवटा मात्र काटिएको छ । रुख काट्नका लागि नगरपालिकाको ठूलो जेसीवी प्रयोग गरिएको थियो ।
सरकारी जमिनमा भएका रुख काट्न आधिकारिक आदेश दिने जिल्ला वन कार्यालयको आदेश विना रुख काटिएको थाहा पाएपछि जिल्ला वन कार्यालय झापाको निर्देशनमा सेक्टर वन कार्यालय सुरुङ्गाले हाल काटिएका रुख नियन्त्रणमा लिएको छ । रुख कसले काट्यो भन्ने कुराको आधिकारिक पुष्टि भइनसकेको सेक्टर वन कार्यालय सुरुङ्गाका कार्यवाहक प्रमुख राजिव घिमिरेले बताउनु भयो । काटिएका रुख सोमबार नगरपालिकाको फोहोर मैला उठाउने गाडी प्रयोग गरि सेक्टर वन सुरुङ्गामा लगेर राखिएको बताइएको छ ।
कनकाई नगरपालिकाका प्रमुख मेयर राजेन्द्र पोखरेलको आवास अगाडि काटिएका रुख कटानबारे जिल्ला वनबाट आदेश भए÷नभएको बारे जानकारी नभएको घिमिरेले जानकारी दिंदै भन्नुभयो–‘लकडाउन अगाडि नै प्रक्रिया पुर्याएको भए थाहा भएन ।’


प्रक्रिया पूरा गरेर सरकारी जमिनको रुख काट्नका लागि सडकको जमिन भए सडक डिभिजन कार्यालयमा लिखित निवेदन दिएपछि सडक विभागले जिल्ला वनलाई सिफारिस गर्ने र सो पश्चात सडक (सरकारी) जमिनमा रहेका रुख बिरुवाले आवागमनमा असर पुर्याउने भए सरकारी रुख हटाउने समितिको सिफारिसमा रुख काटेर अवरोध हटाउन सकिने प्रावधान रहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सरकारी रुख हटाउने वन कार्यालयसहितको समिति हुन्छ, मुख्य कुरा वनको उपस्थिति हुनुपर्ने हो ।’ सडक विभागको जमिनमा रोपिएका रुख काटिएको बारे आफूले पनि भर्खर मात्र थाहा पाएको यादवले बताउनु भयो । उहाँका अनुसार ती रुख हटाउनका लागि सडक डिभिजन कार्यालय संग लिखित अनुमति मागिएको छैन ।
बाटोमा अवरोध पुर्याउने भएकोले रुख काट्नका लागि सोमबार विहान मेयर पोखरेलले फोनमार्फत आफूलाई जानकारी गराएको बताउँदै जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भन्नुभयो–‘साहै्र अवरोध भए हाँगा विंगा काट्नलाई हुन्छ, तर रुखै काट्न चाँहि बैठक वस्नुपर्छ भन्ने कुरा भएको हो, तर मलाई पनि जानकारी आयो रुखै काटिएको छ रे ।’ प्रक्रिया विना नै रुख काटिएको कुरा थाहा पाएपछि आफू मातहतको टोली उक्त स्थानमा पठाएको घिमिरेले बताउनु भयो ।


सरकारी जमिनमा भएका रुख काट्नका लागि वन कार्यालयको समितिले जाँचबुझ गरी काट्न पर्ने ठहराएपछि मात्र काट्न पाइन्छ । तर ती रुख काट्न पर्ने थियो या थिएन भन्ने ठहर्याउनु अघि कटानका लागि माग नै नगरिएको बताइएको छ । काटिएका रुख वन कार्यालयको मातहतमा ल्याउने प्रक्रिया अघि बढाइसकेको घिमिरेले बताउनु भयो ।
मुलुक कोरोना संक्रमणको जोखिममा रहेका बेला नागरिकलाई घरभित्र राखेर सरकारको नेतृत्व सम्हाल्नेले नै विधि प्रक्रिया मिचेर रुख काट्नु गलत भएको स्थानीयले बताएका छन् । जंगलमा रुख काट्नका लागि आदेश लिएरहरु लकडाउनकै कारण रोखिएको बताउँदै उनीहरुले भने अब आदेश पाएकाले वन पस्दा हुन्छ ? उनीहरुलाई कानून लाग्छ कि लाग्दैन् ?

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकार प्रमुख नै नियम मिच्दै : विना अनुमति नगरप्रमुखकै आदेशमा सडकका रुख...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img