Homeसमाचारविर्तामोडमा अत्यावश्यकीय सामग्री खरिदको समय परिवर्तन

विर्तामोडमा अत्यावश्यकीय सामग्री खरिदको समय परिवर्तन

लकडाउनमा कडाई गरिने

झापा ७ बैशाख । लकडाउन उल्लंघनको क्रम बढेसंगै नियन्त्रणका लागि खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि बजार खुल्ने समय परिवर्तन गरिएको छ ।
विर्तामोड नगरपालिकाको आइतबार सम्पन्न बैठकले यसअघि १२ देखि ३ बजेसम्म खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि समय तोकेको भएपनि लकडाउन उल्लंघन गर्ने क्रम बढेसंगै समय परिवर्तन गर्दै विहान ८ बजेदेखि ११ बजेसम्म तोकेको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।

विर्तामोडमा लकडाउन उल्लंघनमा संलग्न सवारी साधन । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संयमित र सचेत भएर घरैमा बसेर लकडाउन पालना गर्नुपर्नेमा आइतबार विर्तामोडमा विगतको तुलनामा लकडाउन उल्लंघन गर्ने बढी देखिएपछि नियन्त्रणका लागि समय परिवर्तन गर्नु परेको मेयर शिवाकोटीले बताउनु भयो। तोकिएको समय भन्द बाहिर लकडाउन पालनामा कडाई गरिने मेयर शिवाकोटीले बताउनु भयो ।
विहान ८ बजेदेखि पसल खुल्लाको निर्णय गरेसंगै सबैको जानकारीको लागि आइतबार अपरान्ह्र माइकिङ गरिएको मेयर शिवाकोटीले जानकारी दिनुभयो ।
खाद्य तथा अत्यावश्यकीय पसल खोल्ने समय कोरोना संक्रमणको संख्या बृद्धि हुँदै गएको तथ्याङ्क सार्वजनिक भइरहँदा झापामा आइतबार लकडाउन उल्लंघन गर्नेको संख्यामा बृद्धि भएसंगै जिल्ला ट्राफिक प्रहरी र स्थानीय तहबीच लकडाउन पालनाका सम्बन्धमा छलफल भएको थियो ।
संक्रमण जोखिमप्रति नागरिक अझ संवेदनशील र जिम्मेवार भएर लकडाउनको पालना गर्नुपर्नेमा आइतबार उल्लंघन क्रम बढेसंगै लकडाउन पूर्ण कार्यान्वयनका लागि खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीको समय परिवर्तन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुले जानकारी दिनुभयो ।
विर्तामोड, दमक, चन्द्रगढी, झिलझिले, चारआली सहित जिल्लाका सबै ठाउँमा चेकिङका लागि बसेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा होल्ड गराएको थियो । २०७६ साल चैत ११ गतेदेखि शुरु भएको लकडाउन उल्लंघन गर्नेको क्रम बढी भएपनि बीचमा घटेको थियो । तर, आइतबार भने अत्याधिक मात्रामा बढेपछि विर्तामोड नगरपालिका, जिल्ला ट्राफिक प्रहरीसहितको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडमा अत्यावश्यकीय सामग्री खरिदको समय परिवर्तन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img