झापा ७ बैशाख । झापाको विर्तामोड–१ स्थित एक मस्जिदमा रहेका मुस्लिम धर्मगुरुसहित एक नेपालीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।
विगत केही दिनदेखि प्रहरीको उच्च निगरानीमा रहेका उनीहरुको आडिटी परिक्षणको रिपोर्ट नेगेटिभ आएपनि कोरोना संक्रमणको उपचार पद्धति र सुरक्षाका कारण भद्रपुर–१० स्थित कलबलगुडी क्वारेन्टाइनमा लगिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
नेपालमा कोरोनाको संक्रमण जोखिम बढ्नुभन्दा अगाडि नै उक्त मस्जिदमा आएका उनीहरुलाई दैनिक प्रार्थना गर्दै आएको बताइएको छ ।
यसअघि उदयपुरको एक मस्जिदमा बसेका मुस्लिम धर्मप्रचारक (जमाती)हरुमा कोरोना भाइरस पुष्टि भएसंगै झापामा पनि उच्च निरागानी बढाइएको थियो । सो क्रममा दमक र विर्तामोडका एक÷एक मस्जिदमा धर्म गुरुहरु बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मुस्लिम धर्म गुरुहरु कलबलगुढी क्वारेन्टाइनमा

































































































