Homeसमाचारलकडाउन उल्लंघनमा संलग्न ३६१ साधन प्रहरी नियन्त्रणमा

लकडाउन उल्लंघनमा संलग्न ३६१ साधन प्रहरी नियन्त्रणमा

विर्तामोड ३ बैशाख । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न सरकारले आह््वान गरेको लकडाउन उल्लंघनमा संलग्न तीन सय बढी सवारीसहित अन्य विभिन्न किसिमका गाडी प्रहरी नियन्त्रणमा रहेका छन् ।
पहिलेको तुलनामा पछिल्लो हप्ता लकडाउन पालना गर्ने क्रम बढेपनि लकडाउन उल्लंघन मा संलग्न तीन सय ६१ विभिन्न किसिमका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका ती साधनलाई अकडाउनको अवधी सकिएपछिमात्र छोडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुले बताउनु भयो ।
लकडाउन उल्लंघनमा संलग्न तीनसय ४५ वटा मोटरसाइकल, १६ वटा अटो, ६ वटा ट्रिपर, १८ वटा कारजीप र ३४ वटा साइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये अत्यावश्यकीय कामका लागि प्रयोग गरिएका ५८ वटा सवारी साधन फिर्ता गरिएको भएपनि बाँकी तीनसय ६१ वटा भने लकडाउनको अवधी सकिएपछिमात्र फिर्ता हुने प्रमुख जवेगुले बताउनु भयो । लकडाउन उल्लंघनमा संलग्न ती सवारी साधनलाई विर्तामोड, दमक, झिलझिले, काँकरभिट्टामा राखिएको छ ।
लकडाउन कार्यान्वयन गर्न शुरुमा कठिन भएपनि पछिल्लो एकसातामा केही सहज भएको जवेगुको भनाई छ ।
शुरु शुरुमा दिनमा लकडाउन उल्लंघनमा संलग्न एकदिनमै डेढ÷दुईसय सवारी साधन नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले पछिल्लो समय त्यो घट्दै गएको बताइएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडकमै लक (होल्ड) गराएसंगै आम नागरिक सचेत भएको ट्रफिक प्रहरी प्रमुख जवेगुको भनाई छ ।
२०७६ चैत ११ गतेदेखि शुरु भएको लकडाउनका क्रममा अघिल्लो हप्तासम्म जिल्लाभर लगभग १२ देखि १३ सयजनालाई सडकमै होल्ड गराइएको बताइएको छ । ‘जहाँ हिंड्दै छ त्यही होल्ड गराएपछि नियम नमान्नेलाई प्रहरीले छाड्दैन है भन्ने पनि भयो होला’–प्रहरी निरीक्षक जवेगुले भन्नुभयो ।
बसोबासको हिसाबले अत्यन्तै भिडभाड रहेको विर्तामोडमा दिउँसोको समय अत्यावश्यकीय सामग्री खरिदका लागि भने छुट्याएका कारण दिउँसो सडकमा अलिबढी मानिसहरु देखिने गरेको उहाँको भनाई छ । विर्तामोडमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म दैनिक अत्यावश्यकीय सामग्री खरिदका लागि समय तोकिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउन उल्लंघनमा संलग्न ३६१ साधन प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img