Homeसमाचारसमाचारडब्लुएचआे लाई अमेरिकाले दिंदै आएकाे सहयाेग राेक्ने निर्णय

डब्लुएचआे लाई अमेरिकाले दिंदै आएकाे सहयाेग राेक्ने निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । काेराेना भाइरस सम्बन्धि डब्लुएचआेकाे काम चित्त बुझ्दो नभएकाे भन्दै अमेरिकी राष्ट्रपति डाेनाल्ट ट्रम्पले काेेराेना यसअघि नै अमेरिकाले गर्दै अाएकाे सहयाेग राेक्ने चेतावनी दिएका थिए । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन् । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने उनकाे भनाइ छ।
नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समिक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’
गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो अमेरिकाको कूल बजेटको १५ प्रतिशत हो ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ। त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारडब्लुएचआे लाई अमेरिकाले दिंदै आएकाे सहयाेग राेक्ने निर्णय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img