Homeसमाचारकृत्रिम अभाव सिर्जना गर्नेलाई मञ्चद्वारा कारवाहीको माग

कृत्रिम अभाव सिर्जना गर्नेलाई मञ्चद्वारा कारवाहीको माग

विर्तामोड २ बैशाख । उपभोक्ता हित संरक्षण मञ्चले दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा कारोवार गर्ने व्यवसायीलाई कारवाही गर्न विर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।


मञ्चका अध्यक्ष ओम सेढाईको नेतृत्वमा विर्तामोड नगरपालिका पुगेको टोलीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रशासकीय अधिकृत पशुपति खतिवडासहितको उपस्थितिमा मूल्यसूची बुझाउँदै हरियो तरकारीमा आकाशिंदो बजार भाउलाई नियन्त्रण गर्न ध्यानाकर्षण गराउँदै हरियो तरकारीको बजार अनुगमनका क्रममा पाइएको बजार भाऊको मूल्य सूचीसहितको प्रतिवेदन नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई बुझाएको हो ।
मूल्य सूचीसहितको ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले समन्वय अभावमा मूल्य बृद्धि नियन्त्रण हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा नगरपालिका र स्थानीय प्रहरी प्रशासनसंग समन्वय गरेर नगरपालिकासहित मञ्चसंगको सहकार्यमा बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने प्रतिवद्धता जनाउनु भयो । मञ्चले वास्तविकता ल्याएको प्रति खुशी समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौला, वडा नं.–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नगरपालिकाका अधिकृत जय तिम्सिना, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला इन्चार्ज याम विमली, उपाध्यक्ष भिमा शिवाकोटी, सचिव राजु गौतम लगायतको सहभागिता रहेको थियो । विर्तामोडमा विगत केही दिनयता हरियो तरकारीको मूल्य आकाशिएको भन्दै गुनासो गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकृत्रिम अभाव सिर्जना गर्नेलाई मञ्चद्वारा कारवाहीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img