Homeसमाचारसमाचारपार्टी र युनियनको महाधिवेशन समयमै हुनुपर्छ–सिटौला

पार्टी र युनियनको महाधिवेशन समयमै हुनुपर्छ–सिटौला

चन्द्रगढी १९ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा अडान राख्नुभएको छ ।
नेपाल प्रेस युनियन झापाद्वारा आज चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता ब्यक्त गर्नुभयो ।
नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ लगायत पार्टीका भातृ संस्थाको महाधिवेशन पार्टी महाधिवेशन अगाडि गर्न नसकिए पनि प्रेस युनियन शुभेच्छुक संस्था भएको हुँदा तोकिएको समय (२०७६ चैत २१ र २२)मा हुनुपर्नेमा जोड दिदै कुनै पनि बहानामा प्रेस युनियनको महाधिवेशन सार्ननहुने अभिमत राख्नुभयो ।
उत्साहका साथ महाधिवेशनको तयारीमा लाग्न प्रेस युनियनका सबै सदस्यहरुलाई आह्वान गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लोकतन्त्रवादी पत्रकारहरुले चनाखो भएर कम्युनिष्ट सरकारले संवैधानिक निकायमाथि गरिरहेको हस्तक्षेपको जानकारी जनतालाई गराउन आग्रह गर्नुभयो ।


‘वर्तमान सरकार सरकारी र संवैधानिक निकायलाई कम्युनिष्ट पार्टीको सेवकको रुपमा दाउन खोजिरहेको छ, प्रेसलाई पनि ऐन कानून नै बनाएर नियन्त्रण गर्न अनेक षडयन्त्र गरिरहेको प्रसङ्ग उठाउँदै सिटौलाले भन्नुभयो–‘प्रेस स्वतन्त्रताको अधिकार भनेकै जनताको सूचना पाउने अधिकार भएको हुँदा यसलाई कसैले कुनै कालखण्डमा नियन्त्रण गर्न नसकोस् भनेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको हो ।’
पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएका नेता सिटौलाले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा आफ्नो तेस्रो बैचारिक धारको अलग्गै टिम कायम रहने बताउनुभयो ।
पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा गर्नुभएको केन्द्रीय सदस्य मनोनयन र विभाग गठनमा रामचन्द्र पौडेल समूहले विरोध जनाइरहँदा तपाई मौन रहनुभयो, के तपाइले फेरि वर्तमान सभापतिलाई नै चौधौं महाधिवेशनमा सघाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो–‘म सभापतिको उम्मेद्वार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।’
समय आएपछि आफ्नो उम्मेद्वारी घोषणा हुने संकेत गर्दै नेता सिटौलाले पार्टीका सबै तहका अधिवेशनहरु सकिएपश्चात मंसिरमा आफ्नो टिमको घोषणा गर्ने जानकारी दिनुभयो ।
पार्टीको आन्तरिक जीवनमा नेतृत्वको विषयलाई लिएर बहस र संवाद अनि प्रतिष्पर्धा र सहकार्य भइरहन्छ, यसलाई आन्तरिक बैठक र संवादहरुबाट समाधान गर्दै जानुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले एकले अर्काको अनावश्यक आलोचना र विरोध गरेर संगठन बलियो हुन नसक्ने टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसको आन्तरिक विवाद महाधिवेशनमार्फत समाप्त गरेर गतिशिल र स्पष्ट मार्र्ग निर्देशनसहितको नेतृत्व चयन गर्दै कम्युनिष्ट सरकारको प्रतिष्पर्धी दल र फरक विचारलाई समाप्त गर्न राज्यसत्ता र संवैधानिक अङ्गहरुको दुरुपयोग गर्ने अधिनायकबादी गतिविधिविरुद्ध जनमत सिर्जना गर्न कांग्रेस लाग्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई र सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गर्नुभएको थियो । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारपार्टी र युनियनको महाधिवेशन समयमै हुनुपर्छ–सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img