Homeसमाचारसमाचारमुसहर बस्तीमा ग्याससेट वितरण

मुसहर बस्तीमा ग्याससेट वितरण

विर्तामोड १७ फागुन । इनरह्वील क्लव अफ विर्तामोडले विर्तामोड नगरपालिका वार्ड नं–३ को मुसहर बस्तीका १८ घरपरिवारलाई सिलिण्डर ग्यास सेट वितरण गरेको छ ।
इनरह्वील क्लवका अध्यक्ष भूमिका पोखरेलको नेतृत्वमा मुसहर बस्ती पुगेको टोलीले सिलिण्डर ग्यास, चुलो, रेगुलेटर, पाइप, लाईटरसहितको १८ सेट ग्यास १८ घरपरिवारलाई प्रदान गरेको हो ।
ग्यास प्रयोगले प्रयोगकर्ताको शिक्षा र स्वास्थ्यमा सहयोग पुग्नुका साथै दाउरा खोज्न जाने असुरक्षित वातावरणबाट मुक्ति मिल्ने देखेर मुसहर बस्तीमा ग्यास वितरण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य एकराज कार्कीले शिक्षा, स्वास्थ्यको पहुँच पु¥याउँदै विपन्नबाटै समृद्धि खोज्ने कार्यमा सरकार लागेको दावी गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा विर्तामोड नगरपालिका वडा नं–३ का अध्यक्ष भोजराज सिटौलाले अति विपन्न परिवारलाई राहत र सहयोग सँगसँगै उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष शिवकुमार अग्रवाल, नेपाल विद्युत प्राधिकरण विर्तामोडका प्रमुख विरेन्द्र झा, विराट एफ.एम.का प्रवन्ध निर्देशक लीला अनमोल लगायतले शुभकामना मन्तब्य राख्दै प्रचार–प्रसार नै नगरी इनर ह्वील क्लवले विपन्न परिवार, अशक्त÷अपाङ्ग तथा महिलाहरुका आवश्यकता पहिचान गरी सहयोग गर्दै आएको भन्दै प्रशंसा गरेका थिए ।
क्लवका अध्यक्ष भूमिका पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश रेनु वंशलले पार्नुभएको थियो ।


कार्यक्रममा विर्तामोड नगरपालिका वार्ड नं–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, समाजसेवी राजकुमार पोखरेल, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भटराई, महासचिव प्रशान्त भण्डारी, निर्माण ब्यवसायी संघका अध्यक्ष मिलन बस्नेत, पूर्व अध्यक्ष दिपेन्द्र पोखरेल, विर्ता जेसीजका अध्यक्ष मिजास पोखरेल, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, रोटरी क्लव अफ विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष सन्तोष अग्रवाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमुसहर बस्तीमा ग्याससेट वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img