सैनिक १६ फागुन । पर्यटन वर्ष २०२० लक्षितलाई ‘सामाजिक एकता हाम्रो अभियान, समृद्ध सैनिक हाम्रो पहिचान’ भन्ने नाराका साथ विर्तामोड नगरपालिका वडा नं.–१० सैनिकमा दोस्रो ऐतिहासिक सैनिक महोत्सव शुक्रबारदेखि सैनिक महोत्सव शुरु भएको छ ।

सैनिकबजारका उपनामले परिचित सो क्षेत्रमा भूपू सैनिकहरुले मेला लगाएर मात्रै बस्ती बसाउन शुरु गरेको मौलिक ऐतिहासिकतालाई जीवन्त राख्ने तथा स्थानीय जातजाती, धर्म समुदायको मौलिक साँस्कृतिक परम्परालाई उजागर गर्दै संरक्षण संवद्र्धन र प्र्रवद्र्धन गर्ने उद्देश्यले लगाइएको मेलाको झापा क्षेत्र नंं.–३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनले गर्नुभएको थियो ।

वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा सांसद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद लिङदेन, विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र संग्रौला, विर्तामोड खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै ग्रामिण क्षेत्रमा गरिने महोत्सवले विभिन्न समुदायको सांस्कृति, परम्परा र मौलिकतालाई उजागर गर्नुका साथै आर्थिक समृद्धिमा पनि टेवा पुर्याउने धारणा राखेका थिए ।


वडा सदस्य दिपीका सिवा र महिला सञ्जालकी सचिव सिर्जना मोक्तानले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य गीता घिमिरेले गरेको वडास्तरिय महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डेले जानकारी दिनुभयो ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनमा सन्थाल, नेवार, राई, राजवंशी, लिम्बूको च्याब्रुङ, मुखिया साथै वडामा बसोबास गर्ने सबै जातजातीको जातीय संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

































































































