Homeसमाचारएम्सको बार्षिकोत्सव सम्पन्न

एम्सको बार्षिकोत्सव सम्पन्न

शनिश्चरे १५ फागुन/ अर्जुनधारा नगरपालिका–८ स्थित एम्स एकाडेमी अंग्रेजी माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस विहीबार सम्पन्न भएको छ ।
१ नं. प्रदेश प्याब्सनका उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिआर गौतमले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चिठ्ठामार्फत अभिभावकलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यालयद्वारा प्रकाशित एम्स दर्पण समेत सार्वजनिक गरिएको थियो ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक गीत, नृत्य, तथा अन्य विभिन्न कला प्रस्तुत गरेका थिए ।
शिक्षक धनञ्जय रिमालले सञ्चालन र सहायक प्रधानाध्यापक यमनकुमार दनुवारले स्वागत गरेको कार्यक्रममा प्रमुख अथिति घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएम्सको बार्षिकोत्सव सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img