Homeसमाचारक्षमता अभिवृद्धि सम्बन्धि तालिम समापन

क्षमता अभिवृद्धि सम्बन्धि तालिम समापन

विर्तामोड ९ फागुन । झापाको विर्तामोडमा संचालित क्षमता अभिवृद्धि र उद्घोषण सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिका अन्तर्गत वडामा गठित टोल विकास सस्थाका प्रतिनिधिहरुलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले नेतृत्व विकासका लागि आचरण सुधारमा जोड दिनुपर्ने धारणा राख्नु भयो ।
विकासका योजना तर्जुमाका लागि टोल विकास संस्थाको अहम भूमिका रहने बताउँदै उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । सहभागी प्रशिक्षार्थीलाई प्रमुख अतिथि शिवाकोटीले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कादम्बिनी प्रोग्राम प्रोडक्सन प्रा. लि. को प्राविधिक सहयोग रहेको प्रशिक्षण समापन सत्रमा प्रशिक्षार्थीहरु टिका भट्टराई राय, ओमनाथ उप्रेती, वार्ड मेलमिलाप केन्द्रका संयोजक प्रेमकुमार खरेल, वडा सचिव टिका अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिममा वडा नं. एकका ३५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको विर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेकै अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको सहजीकरण संचारकर्मी केशव भट्टराईले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्षमता अभिवृद्धि सम्बन्धि तालिम समापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img