Homeसमाचारकच्चा पदार्थ र दक्ष कामदार अभाव झेल्दै फर्निचर व्यवसायी

कच्चा पदार्थ र दक्ष कामदार अभाव झेल्दै फर्निचर व्यवसायी

सुरुङ्गा १० फागुन । कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका छन् ।
फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुको हकहितका लागि गठन भएको फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको छैटौ बार्षिक साधारणसभामा मन्तव्य राख्ने व्यवसायीले व्यवसायिक जटिलताबारे प्रस्ट्याएका हुन् । खुल्ला सिमानाका कारण भारतीय फर्निचरले नेपालमा उत्पादित फर्निचरका सामानलाई बिस्थापित गर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
युवाहरुलाई आवश्यक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउँदै संघका अध्यक्ष चन्द्रप्रसाद गिरीले उद्योगी ब्यवसायीले राज्यको ब्यवस्था अनुसार कानूनको मापदण्डमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । बाह्य हस्तक्षेप र अबैधानिक रुपमा काम नगर्न सवै व्यवसायीलाई सुझाउनु भयो । ‘उद्योगी व्यवसायीहरुको हित युवा स्वरोजगारको दिगो व्यवस्थापन’ मुल नाराका साथ शनिवार कनकाई नगरपालिकाको धनुषकोटीमा साधारणसभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष गिरीको अध्यक्षता तथा डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रममा संघका बिर्तामोड अध्यक्ष गोपाल खनाल, भद्रपुर अध्यक्ष शत्रुधन चौधरी, दमक अध्यक्ष युवराज पाठक, गौरादह अध्यक्ष कृष्ण शर्मा, बिर्तामोडका डिएसपी मुकुन्द रिजाल, घरेलु तथा साना उद्योग झापाका प्रमुख छविलाल खतिवडा, संघका संस्थापक अध्यक्ष टेकबहादुर खजुम, केन्द्रिय सदस्य भगिरथ लुइटेल, खगेन्द्र खरेल, केन्द्रिय सचिव राजकुमार दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत संघका सचिव दिनेश सुवेदीले गरेको कार्यक्रममा संघका संस्थापक अध्यक्ष टेकबहादुर खजुम, केन्द्रिय सदस्य भगिरथ लुइटेललाई सम्मान गरिएको थियो भने कार्यसमितिलाई निर्वाचन समितिका उद्धव पुरी तथा कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रमाणपत्र वितरण गरेको थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकच्चा पदार्थ र दक्ष कामदार अभाव झेल्दै फर्निचर व्यवसायी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img