शनिश्चरे ९ फागुन । अर्जुनधारा नगरपालिका–४ कक्वालीस्थित दुर्गाशक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र) मा यही फागुन ९ गतेदेखि १७ गतेसम्म सप्ताह ब्रम्हमहापुराण नवाह ज्ञान महायज्ञको शुक्रवार आयोजित एक कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ ।
निर्माणधिन मन्दिर परिषरको अधुरो कार्यलाई पूर्णताका लागि स्रोत जुटाउने उद्देश्यले पुराण आयोजना गरिएको पुराणको अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले समुद्घाटन गर्नुभएको हो ।

केन्द्रका अध्यक्ष अमरबहादुर कटुवालको अध्यक्षतामा तथा नगरप्रमुख रानाको प्रमुख आतिथ्यमा सम्पन्न पुराण उद्घाटन कार्यक्रममा पं. नेत्रप्रसाद भट्टराईले कथा, तुलसी श्रेष्ठले गल्ला तथा टेकनाथ डाँगीले धान्याञ्चल पर्वतको उद्घाटन गरेका थिए ।
तुलसी श्रेष्ठले सञ्चालन र पुराण आयोजक मूल समितिका संयोजक केदार पराजुलीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि राना, विन्ध्यावासिनी देवी मन्दिर समितिका सचिव प्रेम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि मन्दिर परिषरबाट कलश यात्रा निकालिएको थियो ।
फागुन १७ गते समापन हुने महायज्ञको कथा वाचकमा पं. नेत्रप्रसाद भट्टराई र पाठपारायणमा पं. ईश्वरीप्रसाद अर्याल रहेका छन् ।
तीनलाख ५० हजार लागत अनुमान गरिएको पुरणबाट सातलाख बढी संकलन हुने लक्ष्य राखिएको बताइएको छ ।
पुरणलाई व्यवस्थित रुपमा सम्पन्न गर्न पुराण मूल आयोजकका साथै आर्थिक , खाद्यान्न व्यवस्थापन, पूजा व्यवस्थापन, सुरक्षा व्यवस्थापन, प्रचार–प्रसार, आन्तरिक व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, पण्डाल तथा साउण्ड सेट व्यवस्थापन लगायत विभिन्न उपसमिति समेत बनाइएको छ ।

































































































