Homeसमाचारसमाचारसि.के.को सम्झना

सि.के.को सम्झना

विर्तामोड ८ फागुन । नेपाली राजनीतिमा सरल, आदर्शवान विचारशील नेताका रुपमा परिचित स्वर्गीय सि.के प्रसाईको २६ औं स्मृतिदिवस कार्यक्रम आज विर्तामोडमा सम्पन्न भएको छ ।
सि.के. स्मृति प्रतिष्ठान विर्तामोडको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश नेता तथा सि.केका समकक्षीहरुले उहाँको नीति, आदर्श, सिद्धान्त र वी.पी.ले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादलाई अहिलेका राजनेताहरुले अवलम्बन गर्न नसकेको बताए ।
नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले सि.के.सँगका केही अविष्मरणीय क्षणहरुको स्मरण गर्दै सि.के.लाई सम्झदै गर्दा कांग्रेसजनले उहाँको विचार अनुकुल समाजवादी दर्शनबाट चल्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिको आडमा अकूत सम्पत्ति कमाउने प्रवृत्ति बढेकोतर्फ सचेत गराउँदै सभापति थापाले सि.के.लाई सफल राजनीतिज्ञ बनाउन गिरिराजकुमारी प्रसाईको त्याग र सहयोग उल्लेखनीय भएको चर्चा गर्नुभयो ।


संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका निवर्तमान सभापति सुधिरकुमार शिवाकोटीले सि.के.ले नै आफूलाई संरक्षण गरेको बताउँदै भन्नुभयो–‘सि.के. ज्ञान र विचारको भण्डार हुनुहुन्थ्यो, कांग्रेसले चाहेको भए सि.के.ले हजारौं पुस्तक लेख्नसक्ने क्षमता राख्नुहुन्थ्यो ।’
कांग्रेसको राजनीतिक इतिहासमा सि.के.लाई इन्साइक्लोपेडियाका रुपमा चिनिने बताउँदै नेता शिवाकोटीले कांग्रेसले उहाँको चिन्तनको उपयोग र अनुशरण गर्न नसकेको धारणा राख्नुभयो ।
अग्रज नेता डिल्ली सिटौलाले वी.पी. र सि.के.को प्रजातान्त्रिक समाजवादमा आधारित रहेर नेपाली अर्थतन्त्र अनुकुल समाजवादी आर्थिक खाका नबनेको धारणा राख्नुभयो ।
‘सि.के.ले कस्तो नेपाल चाहनुभएको थियो ? आज नेपाल कस्तो हुँदैछ ? यसको अध्ययन जरुरी छ’–सिटौलाले भन्नुभयो–‘सि.केलाई कुन स्थानमा राखेर अध्ययन गर्नुपथ्र्यो ? त्यो भएको छैन ।’
यस्तै सि.के.का समकालीन नेता पूर्णानन्द शर्माले ‘प्रजातान्त्रिक समाजवादका अन्ुयायीले उच्च खानपान, मधुपान, महलजस्ता विषय नसुहाउने विषय हुन्’ भन्नुहुँदै सि.के. प्रसाईंले मुरै बोकेर गाउँगाउँमा हिडेरै राजनीति गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
सि.के.ले सबै जाति, सबै वर्ग र समुदायमा संगठन विस्तार गर्दै सि.के.ले राजनीति गर्नुभएको प्रसङ्ग उठाउँदै उहाँमा विचित्रको स्मरणशक्ति भएको चर्चा गर्नुभयो ।
अग्रज नेता सिटौला र शर्मा सि.के. प्रसाई नेपाली कांग्रेसका सभापति हुँदा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
कार्यक्रममा विराटभरत विश्रान्ति आश्रमका अध्यक्ष हर्कलाल गिरीलगायतले मन्तब्य राख्नुभएको कार्यक्रमको औचित्यमाथि प्रकाश पूर्वअध्यक्ष लोकराज ढकालले पार्नुभएको थियो । सि.के. चिन्तन प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भट्टराई र सञ्चालन महासचिव लक्ष्मी आचार्यले गर्नुभएको थियो ।
बुवा देवीप्रसाद र आमा देवकुमारी प्रसाइका कोखबाट वि.सं. १९८८ सालमा छत्रकेशरी प्रसाईं (भरत बाबु) अर्थात सी.के. प्रसाईको जन्म भएको थियो ।

नेपाली राजनीतिमा बौद्धिक चिन्तक, दार्शनिक राजनीतिज्ञ र निष्ठावान नेताको रुपमा परिचित उहाँले काठमाडौंबाट प्राथमिक शिक्षा लिनुभएको थियो भने बनारसबाट एम.कम.सम्मको अध्ययन पूरा गरी १०१४ सालबाट झापामा बसोबास गर्न थाल्नुभयो ।
वि.सं.२०१७ सालमा तत्कालीन जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालालाई अपदस्त गर्दै प्रजातन्त्रमाथि कू गरेपछि पञ्चायत सरकारले सर्वस्वहरण गरेपछि भारतको नक्सलबारीमा निर्वासित हुनुभएको थियो । भारतमा बस्दा उत्तर बङ्गाल विश्वविद्यालयमा अध्यापन समेत गराउनुभएका सि.के.प्रसाईले राजनीति र दर्शन विषयमा विभिन्न पुस्तकहरु लेख्नुभएको छ । तीमध्ये मौलिक कृति आजको सरल राजनीति र अनुवादित कृति कम्युनिष्ट मेनिफेस्टो समाजवादको आधारशीला चर्चित छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको प्रवक्तासमेतको जिम्मेवारी संहाल्नुभएका प्रसाईंको २०५० सालमा निधन भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारसि.के.को सम्झना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img