Homeसमाचारसमाचारउपाध्यक्षको उम्मेद्वारमा हुमागाँईलाई सर्वसम्मत

उपाध्यक्षको उम्मेद्वारमा हुमागाँईलाई सर्वसम्मत

झापा २६ माघ । नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा झापा शाखाबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्वार उठाउने सर्वसम्मत निर्णय गरिएको छ ।


शाखा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आइतवार बिर्तामोडमा सम्पन्न केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, केन्द्रीय पार्षद, सल्लाहकारसहित कार्यसमितिको बैठकले केन्द्रीय उपाध्यक्ष पदमा युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
विगत तीन दशकअघिदेखि निरन्तर पत्रकारितामा सक्रिय हुमागाँईले नेपाल पत्रकार महासंघ झापाको पूर्वसभापति, नेपाल प्रेस युनियन झापाको निवर्तमान अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक सम्हालीसक्नु भएको छ ।
२०६२/०६३ मा सम्पन्न लोकतान्त्रिक आन्दोलनताका नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति रहनु भएका हुमागाँईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएको आन्दोलनलाई अग्रमोर्चामा रहेर नेतृत्व गर्नुभएको थियो ।
रासस, रेडियो नेपाल, कञ्चनजंघा एफएम, पूर्वाञ्चल दैनिक, अर्जुनधारा दैनिक, साप्ताहिक विचार, देशान्तर लगायत दर्जनौ संचारमाध्यममा सम्पादक तथा संवाद्दाताको कार्यानुभव सम्हाली सक्नुभएका हुमागाँई हाल जय लोकतन्त्र साप्ताहिकका सम्पादक रहनु भएको छ ।
युनियनको नवौं महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगञ्जमा हुने निर्णय यसअघि नै भइसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारउपाध्यक्षको उम्मेद्वारमा हुमागाँईलाई सर्वसम्मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img