Homeसमाचारपशुपतिमा संस्थापक विद्यार्थीलाई सम्मान

पशुपतिमा संस्थापक विद्यार्थीलाई सम्मान

बाहुनडाँगी २६ माघ । मेचीनगर–४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययन गरेका संस्थापक विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।


विद्यालयको स्थापना दिवश तथा पूर्व प्राध्यापक स्वर्गिय टेकबहादुर बरालको नवौं वार्षिक पुण्य तिथिको अवसर पारेर पूर्व विद्यार्थी समाजले संस्थापक १० जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा कर्नाखर चौलागाई, भद्रकुमारी सुबेदी, सिता कडेल, विष्णुमाया उप्रेती, गङ्गा अधिकारी(सानी) र गङ्गा अधिकारी(ठुली) रहेका छन् ।
त्यस्तै झापाको पहिलो पत्रकार महिला राधा शर्मा (हाल अमेरिका) संस्थापक बिद्यार्थीहरु स्व भिमबहादुर आचार्य, हरिबहादुर आचार्य र स्व होमनाथ पाण्डेलाई मरणोपरान्त अभिननदन गरिएको थियो ।
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष नविन बरालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक लक्षमण प्रधान, सम्मानित विद्यार्थी गङ्गा अधिकारी (ठुली) ले शुभकमना मन्तब्य राख्नु भएको थियो भने पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर गिरी, मेची उद्योग बाणिज्य संघका सह सचिब रबिचन्द्र नेपाल, सरस्वती माध्यमिक विद्यालय कार्यवाहक प्रधानअध्यापक, भिमबहादुर श्रेष्ठ, पूर्व शिक्षक गणेशबहादुर थापा, पूर्व विद्यार्थी बालचन्द्र नेपाल लगायतको आतिथ्य रहेको थियो ।
पूर्व विद्यार्थीहरुद्वारा पूर्व प्राध्यापक बरालको स्मृतिमा स्थापना गरिएको अक्षयकोष मार्फत प्रत्येक बर्ष माघ २५ गते पूर्व विद्यार्थी समाजले बिभिन्न पुरस्कार तथा छात्रबृति प्रदान गर्दै आएको छ । विद्यालयको स्तरोन्नतिको लागि संचालित श्रीमद भागवत सप्ताह पूराणमा ‘सस्थापक विद्यार्थी सम्मान’ गरिएको संयोजक स्वस्तिका आचार्यले बताउनु भयो । स्व प्रधानाध्यापक बरालको सस्थापक विद्यार्थीलाई सम्मान गर्ने इच्छा पूरा नहुँदै गत २०६८ साल माघ २५ गते सवारी दूर्घटनामा परि निधन भएको थियो । सोही इच्छा पूरा गर्न गुरु दक्षिणा स्वरुप पूर्व विद्यार्थी समाजले कार्यक्रम आयोजना गरेको बताइएको छ । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मेनुका बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केवल निरौलाले गरेका थिए भने सञ्चालन सयोजक आचार्यले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपशुपतिमा संस्थापक विद्यार्थीलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img