Homeसमाचारजयेन्द्र साहित्य सेवा कोषको सम्मान र पुरस्कार

जयेन्द्र साहित्य सेवा कोषको सम्मान र पुरस्कार

झापा २५ माघ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच तीनजना प्रतिभालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
साहित्य र पत्रकारिताको उन्नयनमा विगत १७ वर्षदेखि निरन्तर क्रियाशिल जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले संस्थाको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी साहित्य र पत्रकारिता क्षेत्रका तीनजनालाई सम्मान तथा पुरस्कृत गरिएको हो ।


जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा बरिष्ठ संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट विराटनगर निवासी साहित्यकार दधिराज सुवेदीलाई सम्मान गरिएको छ । त्यस्तै २०७५ सालमा प्रकाशित साहित्यिक कृतिहरु मध्येबाट कथा विधामा वर्षोत्कृष्ट कृति हिउँमाझीका कृतिकार वियश राई र धनमाया सक्रिय पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका ताप्लेजुङ समाचारदाता माला पालुङ्वालाई पुरस्कृत गरिएको थियो ।
पुरस्कृत सबैलाई प्रमुख अतिथि बरिष्ठ संगीतकार गणेश रसिक, कोषका अध्यक्ष, विशेष अतिथि चुडामणि रेग्मीले नगदसहित सम्मान–पत्र र दोषल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।
पुरस्कृत तीनवटै पुरस्कारको समान राशी जनही २१ हजार एकसय ११ रुपैयाँ रहेको बताइएको छ ।
कार्यक्रममा दीर्घसाहित्य सम्मानबाट सम्मानित सुवेदीको व्यक्तित्व कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई, कृतिकार राईको सचिव राजेन्द्र प्रसाई र पत्रकार पालुङ्वाको व्यक्तित्वबारे कोषका सदस्य लोकराज ढकालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रसिक, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार सरोज ओली, पून्यप्रसाद खरेल, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, सम्मानित तथा पुरस्कृत व्यक्तिहरु सुवेदी, राई र पालुङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मातृकाप्रसाद संग्रौलाले नाकले मुरलीको धुन प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा कोषद्वारा प्रकाशित वार्षिक अंक केचना साहित्यक पत्रिकाको समेत लोकार्पण गरिएको कार्यक्रमको सञ्चालन रेजिना गौतम र महासचिव छविलाल खतिवडाले स्वागत गर्नुभएको थियो ।
साहितय र पत्रकारिताको उन्नयनका लागि सेवा गर्ने उद्देश्यले २०६० सालमा स्थापित कोषले हालसम्म निरन्तर साहित्य र पत्रकारिता क्षेत्रमा कलम चलाउने स्रष्टा र पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयेन्द्र साहित्य सेवा कोषको सम्मान र पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img