Homeसमाचारसमाचारकानून ठेलीमै सिमित

कानून ठेलीमै सिमित

विर्तामोड ७ असार/ विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले महिला ंिहसा र विभेद सम्बन्धी कानुन उत्कृष्ट भएपनि त्यो ठेलीमा मात्रै सिमित रहेको बताउनु भएको छ ।
महिला मुक्ति अभियानको आयोजना तथा विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विर्तामोडमा एकदिने नेतृत्व विकास तथा महिला हिंसा सम्बन्धी तालिमको उद्घाटन गर्दै उपप्रमुख महताराले कानून कार्यान्वयन गर्ने ठाउँमा पुरानै मानिसकता बोकेका मानिसहरुको उपस्थिति र मुद्दालाई कमजोर बनाउन हुने पैसाको चलखेलका कारण कानून कार्यान्वयन हुन नसक्दा पीडितले न्याय पाउन नसकेको बताउनु भयो । त्यस्तै विर्तामोडका डिएसपी मोहनकुमार थापाले महिला हिंसा न्यूनिकरणका लागि कानून कार्यान्वयनमा कडाई र जनचेतना दुईमात्र उपाय रहेको बताउँनु भयो ।
महिला विरुद्धका अपराधलाई नियामक निकायले विशेष किमिसले हेर्नुपर्नेमा जोड दिंदै हिंसा अन्त्यका लागि पहिले परिवार भित्रैको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला नेतृ शारदा रिजाल, शिला उप्रेती, एवीसी नेपालकी झापा अध्यक्षम कञ्चना ढकाल, वीरता लेडी जेसीजकी महासचिव शुष्मा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन विनिता तामाङ र स्वागत मोती लिम्बूले गर्नुभएको थियो ।
विर्तामोडका विभिन्न क्षेत्रबाट सहभागी तालिमको सहजीकरण अधिवक्ता लक्ष्मी खनाल कोइराला र स्वस्तिका आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकानून ठेलीमै सिमित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img