Homeमहिलाहिंसा अन्त्यका चुनौति

हिंसा अन्त्यका चुनौति

झापा १९ माघ । झापाको धुलावारीमा आयोजित एक कार्यक्रमका वक्ता तथा सहभागीहरुले हिंसाको कारक परनिर्भरता, मदिरा, सामाजिक संरचना र परम्परागत सोच बाधक रहेको निष्कर्ष निकालेका छन् ।
नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने कार्यक्रममा सहभागी विभिन्न सामाजिक संघसंस्था, जनप्रतिनिधि तथा संचारकर्मीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।


प्रदेश नं.–१ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य तथा नारी संचार गृहका अध्यक्ष अम्बिका भणडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिंसा अन्त्यका आत्मनिर्भरता, कुसंस्कार र कुरितीको अन्त्य, विद्यालय तहदेखि नै सचेतना जगाउनु पर्ने आवश्यता औंल्याएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री गजमेरले परनिर्भरताका कारण महिला बढी हिंसामा पर्ने गरेको उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउनका लागि योजना बनाएरै आफू अघि बढ्ने तयारीमा रहेको बताउनु भयो ।
आफ्नो चेतना रहेसम्म कहिले पनि आर्थिक प्रलोभनमा नफस्ने प्रतिवद्धता जनाउनु भएका मन्त्री गजमेरले आम महिला र दलितको शिर उच्च रहने गरी पाएको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्नुभयो । हिंसाको अन्त्य चुनौतिपूर्ण भएको बताउँदै गजमेरले समाजमा जरो गाडेर बसेको लैङ्गिक विभेद र हिंसा अन्त्य गर्न सञ्चार जगतको भूमिका आवश्यक महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।
कानून बनाएर मात्र नहुने बताउँदै मन्त्री गजमेर कानूनमा भएका व्यवस्था बारे नागरिकलाई बुझाउनु पनि राज्यको दायित्व भएको बताउँनु भयो । प्रविधिमैत्री समाज निर्माणमा दिनुभएका उहाँले अबको समाजलाई सुरक्षित प्रविधितर्फ जोड्नेपर्नेमा जोडदिंदै आफूले उक्त क्षेत्रमा केही गर्ने योजना रहेको बताउनु भयो।
कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले लैंङ्गिक हिंसाका विषय उठान हुन थाले पनि अझैपनि बढीजसो महिलाहरु नै हिंसामा पर्ने गरेको आफूले पाएको बताउनु भयो । मेचीनगर नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहनु भएका उपप्रमुख पछिल्लो समय पुरुष हिंसाका उजुरी आउने गरेको भएपनि ८० प्रतिशत महिला हिंसाको चपेटामा परेको पाइएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजमा देखिएका हिंसाका प्रकृति, समाजको परम्परागत सोच विश्वमा महिला हिंसाको अवस्था लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने झापा जिल्लामा हिंसाको अवस्था र साइवर अपराधबारे झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भएको थियो । कोइरालाका अनुसार ६७ प्रतिशत हिंसाका घटनाको कारण मदिरा रहेको छ भने अधिकतम घटनामा महिला पीडित रहेको पाइएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा मेचीनगर नगरपालिकाका न्यायिक समिति सदस्य इन्द्र प्रधान एबीसी नेपालकी कञ्चना ढकाल, उमा भण्डारी, सविता भण्डारी, यमनाथ बराल, शुष्मा भण्डारी, शर्मिला अधिकारी, विष्णु मैनालीले हिंसा न्यूनिकरणका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे सुझाव प्रस्तुत गर्नुभएको थियो ।

शर्माद्वारा अक्षयकोषलाई ४० हजार
सोही कार्यक्रममा झापाकी पहिलो महिला पत्रकार राधा शर्माले नारी संचारगृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी संचार प्रोत्साहन अक्षयकोषका लागि पठाउनु भएको ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
पत्रकार शर्माका दाजु कणाखर चौलागाँई र रञ्जु प्याकुरेलले संस्थाका अध्यक्ष अम्बिका भण्डारी, अक्षयकोषका संयोजक भीमा शिवाकोटी, कोषाध्यक्ष शुशिला संग्रौलालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । बाहुनडाँगी निवासी शर्मा हाल अमेरिका बस्दै आउनु भएको छ ।
नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भिमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गर्नुभएको थियो । ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाहिंसा अन्त्यका चुनौति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img