Homeसमाचारएमसीसीको विरोध नबुझेर– 'निधी'

एमसीसीको विरोध नबुझेर– ‘निधी’

झापा २१ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्टहरुले नबुझेर अमेरिकी च्यालेन्ज कर्पोरेशन (एम.सी.सी.) को विरोध गरेको बताउनुभएको छ । झापामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता निधिले अमेरिका र चीनबीचको विवादलाई लिएर कम्युनिष्टहरुले एम.सी.सी.को विरोध गरेपनि एम.सी.सी. सम्झौता मुलुकको अहितमा नरहेको दावी गर्नुभयो ।
‘यो मुलुकको हितमा छ, तत्काल संसदबाट पारित हुनुपर्छ’ एम.सी.सीका विषयमा सोधिएको जिज्ञाशामा निधिले भन्नुभयो(‘यसले देशको कानून नै निस्क्रिय पार्ने र सम्झौतापछि अमेरिकी सुरक्षा फौज नेपाल पस्ने हल्ला निराधार हो ।’
ब्हुमत प्राप्त बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले विकासका नयाँ योजना ल्याउन नसकेको, कांग्रेस सरकारकै पालमा शुरु भएका राष्टिूय महत्वका योजनाहरुलाई पूर्ण गर्न नसकेको आरोप लगाउँदै उहाँले वर्तमान सरकारको रेल र पानीजहाज कुदाउने योजना पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्ने उखानजस्तै भएको तर्क गर्नुभयो ।
राज्य संरचनाका आधारहरु तयार भइसकेको तर वर्तमान सरकार संघीय संरचनामा अवधारणामा नचलेको बताउँदै उपसभापति निधिले संघीय संरचना अनुरुप प्रहरी, प्रशासन र निजामति कर्मचारी ब्यवस्थापन गर्नै नसक्नु सरकारको ठूलो कमजोरी रहेको दावी गर्नुभयो ।
वर्तमान सरकार अन्तर्राष्टिूय रणनीतिमा समेत पूर्ण रुपमा असफल रहेको दावी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न असफल भएको, सरकार संघीयता कार्यान्वयनमा जिम्मेवार नदेखिएको टिप्पणी गर्नुभयो ।
वर्तमान सरकारले संसदीय प्रणाली नै अवरुद्ध पार्न खोजेको आरोप लगाउँदै नेता निधिले संसदमा प्रतिपक्षी दल वा कुनै पनि दल र स्वतन्त्र सांसदले बोलेको कुराले महत्व नपाउँदा संसदीय प्रणाली नै अवरुद्ध हुन्छ कि ? भन्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
टीम, ग्रुप वा गुटगत विचारप्रवाहबाट राजनीतिक दलको प्रादुर्भाव हुने सिद्धान्त राजनीति शास्त्रमा रहने दावी गर्दै नेता निधिले कांग्रेसभित्र गुट भए पनि आफू कुनै गुटको नभएको दावी गर्नुभयो । ‘म शेरवहादुर देउवाजीलाई सहयोग गर्छु, उहाँ मलाई विश्वास गर्नुहुन्छ’(उहाँले भन्नुभयो(‘तर मेरो कुनै गुट छैन, म कांग्रेस हु ।’ कांग्रेस महाधिवेशनमा होमिइसकेको बताउँदै नेता निधिले लोकतान्त्रिक पद्दतिको विकास र राष्टिूय तथा अन्तर्राष्टिूय स्तरमा कांग्रेस महाधिवेशनले निकै महत्व राख्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सचिव गोपालकुमार बस्नेत, भातृ संस्था विभाग प्रमुख देउमान थेवे, सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य भगिरथ पोद्दार र सिता पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भटराई, चिया बचाऊ अभियानका संयोजक आदित्य पराजुली, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, टूेड युनियन झापा अध्यक्ष यज्ञप्रताप अधिकारीलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमसीसीको विरोध नबुझेर– 'निधी'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img