सैनिक १० माघ । विर्तामोड नगरपालिका वडा नं.–१० का वडासचिव बासुदेव भट्टराईलाई शुक्रवार सामुहिक रुपमा सम्मानसहित विदाई गरिएको छ ।
वडा कार्यालय परिषरमा आयोजित कार्यक्रममा सेवा निवृत्त वडासचिव भट्टराईलाई जनप्रतिनिधि, कर्मचारी, टोल समितिका पदाधिकारीसहितको उपस्थितिमा सामुहिक रुपमा विदाई गरिएको हो ।
विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव देर्गा अधिकारी, नेपाली कांग्रेसका नविन विमली, भवानी शंकर राउत, टोल समितिकातर्फबाट अमर कन्दङ्वा, रिमानध्वोज लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा सदस्य भक्तसिंह राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत विर्तामोड नगर कार्यपालिका सदस्य तथा वडा सदस्य गीता पोखरेलले गर्नुभएको थियो ।
वडासचिवको विदाई

































































































