झापा १० माघ । वीरता लेडी जेसीजले आफ्नो १६ औं स्थापना दिवसमा बृद्धबृद्धालाई सामुहिक गराएर मनाउनुका साथै सन् २०२० को कार्य प्रारम्भ गरेको छ ।
विर्तामोडस्थित परोपकार अनुसन्धान केन्द्रद्वारा विर्तामोडमा सञ्चालित बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई सामुहिक भोजन तथा सम्मान गरेर स्थापना दिवस मनाउनुका साथै सन् २०२० को पहिलो कार्यक्रम स्वरुप बृद्धबृद्धाको आशिर्वाद लिएर कार्य प्रारम्भ गरेको हो ।

वीरता लेडी जेसीज सन् २०२० की अध्यक्ष शुष्मा भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नंं–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, अध्यक्ष मण्डलका सल्लाहकार राजकुमार पोखरेल, उमाकान्त खनाल, पूर्व अध्यक्षहरु रजनी बजगाँई, नम्रता रिजाल, कञ्चना ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बृद्धबृद्धाबाट आशिर्वाद लिएर कार्यकाल शुरु गर्ने लेडी जेसीजको परम्परा अनुसार सन् २०२० को टोलीले बृद्धाश्रमका बृद्धबृद्धालाई सामुहिक भोजन, फलफूल तथा नगदले सम्मान गरेको थियो ।
महासचिव संगिता गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मेनुका पौडेल र आस्थावाचन कमला राईले गर्नुभएको थियो ।

































































































