Homeसमाचारमेचीनगरमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

मेचीनगरमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

काँकरभिट्टा ८ माघ । मेचीनगरका दुई वटा वडामा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको बुधबार उद्घाटन गरिएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २४ औं बार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा आइपुगेकी खानेपानी मन्त्री विना मगरले संघीय सरकारको ८५ प्रतिशत र नगरपालिकाको १५ प्रतिशत लागनीमा निर्मित मेचीनगर –७ सतिघट्टा र १५ को दुहागढीमा निर्माण गरिएको प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको हो ।
खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको मेचीनगर–१५ र ७ मा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको छ । वडा नम्बर १ देखि १३ सम्मको लागि काँकरभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
सतिघट्टामा रहेको प्रशोधन केन्द्रको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र दुहागढमा रहेको केन्द्रका चारआली खानेपानी तथा सरसफाई उपभेक्ता समितिले गर्ने बताइएको छ ।
हालको ६५ हजार १९ जनसंख्या अर्थात १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रतिदिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेकोछ ।
मेचीनगर नगरपालिकाका १४ र १५ वडा, विर्तामोडका सबै वटा र र बुद्धशान्ति गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याबाट उत्पादित मानवीय फोहोर व्यवस्थापनका लागि दुवागढीमा मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको निर्माण गरिएको हो । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन क्षमता रहेको बताइएको छ ।
दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकार र १५ प्रतिशत ३ पालिकाहरुको लगानी रहेकोे छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको झण्डै १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमा पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ ।
कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, राधा थापा, संविधान सभासदस्य रविन कोइराला, उषा गुरुङ, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, खानेपानीका पूर्व अध्यक्ष सूर्यप्रकाश उप्रेती, नेपाली कांग्रेसका जिल्ला उपसभपाति राम कट्टेल, कांग्रेसका जिल्ला कोषाध्यक्ष केशव पाण्डे, संघीय समाजवादीका धनप्रसाद गुरुङ, राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
काँकरभिट्टा खानेपानीका अध्यक्ष हर्क फ्याकले संस्थाको बार्षिक गतिविधिबारे जानकारी दिएका दिनुभयो । २०५० सालदेखि सञ्चालित संस्थामा हाल पाँच हजार ९०० उपभोक्ता रहेका छन् । फ्याकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीनगरमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img