Homeसमाचारसामाजिक/सार्वजनिक अपराध र कानूनी व्यवस्था सम्बन्धी गोष्ठी

सामाजिक/सार्वजनिक अपराध र कानूनी व्यवस्था सम्बन्धी गोष्ठी

झापा १७ पुस । झापाको विर्तामोडमा आयोजित कार्यक्रममा सार्वजनिक/सामाजिक अपराध र कानूनी व्यवस्था तथा निर्णय लेखन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिका – ६ वडा समितिको सहयोग र जनआन्दोलन साप्ताहिकको आयोजनामा सम्पन्न विद्यार्थी लक्षित गोष्ठीमा स्कूल तहका विद्यार्थी तथा टोल समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


जनआन्दोलन साप्ताहिकका सम्पादक इन्दु पूर्वेलीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं–६ का वडा सदस्य पवित्रा ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले पछिल्लो समय बालबालिकामाथिको सुरक्षा खतरा बढ्दैको उल्लेख गर्दै समाजमा हुने अपराधका घटनाबारे जानकारी दिंदै त्यस्ता खतराबाट बच्ने उपायबारे विद्यालय तहदेखि नै जानकारी दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले सामाजिक अपराधका रुपमा रहेको दाइजो प्रथा, बालबिवाह, बोक्सी आरोप, जातीय छुवाछुत तथा भेदभाव, अभद्र व्यवहार, जुवा सट्टेवाजी, भेदभावपूर्ण व्यवहार, अपमान जनक वा अमानवीय व्यवहार, जबरजस्ती करणी, बैबाहिक बलात्कार, यौन दुब्र्यवहार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, घरेलु हिंसा, साइवर अपराध, दुव्र्यसन लगायतका विषयमा आधारित रहेर सहजीकरण गर्नु भएको थियो ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाअध्यापक दिपक लुइँटेल लगायतले मन्तव्य राखेको कार्यक्रममा वडा सदस्यहरु पर्शुराम खनाल, शोभा विक लगायतको उपस्थिति रहेको थियो ।
सहभागी विद्यालयको बाल क्लबकी अध्यक्ष सलिना खेवाको अध्यक्षता तथा स्कूल क्याप्टेन राहुल साम्मेखामको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीपछि सहभागीकातर्फबाट समिक्षा योगीले आफू जस्तै किशोरावस्थाका कार्यक्रम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिनुभयो । गोष्ठीमा मोहन थापा र इन्दू पूर्वेलीले सहजीकरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामाजिक/सार्वजनिक अपराध र कानूनी व्यवस्था सम्बन्धी गोष्ठी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img