Homeसमाचारमौलिक हक कार्यान्वयनबारे प्रश्न

मौलिक हक कार्यान्वयनबारे प्रश्न

झापा १७ पुस । विर्तामोडमा विहीबार आयोजित एक कार्यक्रमका सहभागीहरुले संविधानको मौलिक हक कार्यान्वयन हुन नसक्नुको कारणबारे प्रश्न उठाएका छन् ।
पहिलो पाईला नेपाल विर्तामोड शाखाको आयोजना तथा विर्तामोड नगरपालिका र इकोहम कलेजको सहयोगमा आयोजित युवा सरोकार विषयक अन्तरक्रियामा सहभागिहरुले संविधान जारी भएको ३ वर्षभित्रमा लागु भइसक्नुपर्ने संविधानको मौलिक हक कार्यान्वयन नहुनुको कारणबारे सांसद तथा कार्यान्वयन गर्ने निकाय स्थानीय तहका कर्मचारी प्रतिनिधिसमक्ष उक्त प्रश्न उठाएका हुन् ।


कार्यक्रममा सहभागीले मौलिक हक अन्तरगत कक्षा–८ सम्मको अनिवार्य, कक्षा १२ सम्म निःशुल्क शिक्षा हुनुपर्ने उल्लेख भएपनि संविधान जारी भएको ४ वर्षमा पनि कार्यान्वयन नसक्नुको भन्दै प्रश्न उठाएका थिए । त्यसैगरी युवा सम्बन्धि संविधानमा भएको मौलिक हकको कार्यान्वयनको पाटो, राजनीतिमा योगदान कि योग्यता लगायतका विषयमा सहभागिले प्रश्न उठाएका हुन् ।
सहभागीको जिज्ञासाको सम्बोधन गर्दै १–नं.प्रदेश सांसद जशमाया गजमेरले प्रदेश सरकारले युवा सरोकारसंग सम्बन्धित कानून बनाएको जानकारी दिंदै कानून चाँडै कार्यान्वयनमा आउने बताउनु भयो । युवाको भावना अनुसार नै प्रदेश १ मा म अघि बढ्छु कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो ।
आयोजिक संस्थाका अध्यक्ष मदन ओलीको अध्यक्षता तथा जीवन सिंह राजवंशीको सञ्चालन र विवेक पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद गजमेर, विर्तामोड नगरपालिका कर्मचारी देवराज कार्की, मनोज ताम्ली लिम्बू, रञ्जु प्याकुरेल, रोसन लामा, देवी क्याम्पस स्ववियु सभापति रोशन खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमौलिक हक कार्यान्वयनबारे प्रश्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img